राजन भट्टराईले भने: मेरो जित सुनिश्चित छ | गगन थापा लाई सजिलै हराउँछु ।
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका लागि वाम गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डाक्टर राजन भट्टराईले कांग्रेसका गगन थापालाई आफूले सहजै जित्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको काठमाडौं डेस्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले भन्नुभयो, ‘हामीसँग समृद्धि र विकासको खाका छ, म अहिले यति उति भन्दिनँ तर प्रतिस्पर्धीलाई सहजै जित्छु ।’ लोकतन्त्र र विकास सँगसँगै अघि बढ्ने भन्दै भट्टराईले अबको मुद्वा आर्थिक विकास भएको बताउँदै चुनावपछि बन्ने सरकारले स्थायित्व, सुशासन र विकास निर्माणमा केन्द्रित हुने बताउनुभयो ।
विगतमा लोकतन्त्रको कुरा अघि बढे पनि विकासका मुद्वा ओझेलमा परेको उहाँले बताउनुभयो । चुनावपछि वामपन्थीको स्थायी सरकार निर्माण हुने र आर्थिक विकासको मुद्वा द्रुत गतिमा अघि बढाउने उहाँको भनाई थियो । कांग्रेसले २०१५, २०४८ र २०५६ मा बहुमत ल्याए पनि आफ्नै कलहले सरकार ढलेको र विकास निर्माण गर्न नसकेको भट्टराईको भनाई थियो । ‘अब राजनीतिलाई राष्ट्रिय योजना र विकाससँग जोड्नुपर्छ’ उहाँले भन्नुभयो । जनताको दैनिकी बदल्न अब बन्ने नेतृत्वले ध्यान दिने उहाँको भनाई थियो ।
क्षेत्र नम्बर ४ मा आफ्नो जित सुनिश्चित भएको र सुविधाजनक ढंगले जित्ने दाबी गर्नुभयो । देशमा विदेशी हस्तक्षेप बढेको भन्दै भट्टराईले भन्नुभयो,‘ संविधान कहिले जारी गर्ने, कति प्रदेश बनाउने लगायतका मुद्वामा हामी निर्णय गर्न सक्छौँ ।’ भट्राईले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका समस्याको समाधानका लागि आफूहरुले जनतासमक्ष मत मागिरहेको बताउँदै चुनावले स्थिर सरकार, सुशासन र समृद्धि दिने जनाउनुभयो । क्षेत्र नं. १ का उम्मेदवार माओवादी केन्द्रका युवा नेता अनिल शर्माले विद्यमान राजनीति र नेतालाई गाली गरेर होइन विगतका आन्दोलन र उपलब्धिको स्मरण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘काठमाडौं १ को विकासले नयाँ नेपालको खाका कोर्न सक्छ’ उहाँले भन्नुभयो ।
काठमाडौंको प्रदूषण र खाद्यान्नको विषादी हटाउने, सार्वजनिक खुल्ला स्थल खडा गर्ने, वागमती नदिलाई स्वच्छ बनाउने तथा राजधानीलाई शैक्षिक केन्द्र बनाउने योजना रहेको भट्टराईले बताउनुभयो । आफ्नो क्षेत्र देशकै झल्को दिने ठाउँ रहेको भन्दै आफ्नो क्षेत्रलाई नमूना बनाउन लाग्ने उहाँको भनाई थियो । अब देशमै रोजगारी सिर्जना गर्न, गरिबी हटाउन नयाँ सरकारले जोड दिने बताउनुभयो । स्रोत:उज्यालो अनलाइन

Reviewed by admin
on
December 01, 2017
Rating:
Reviewed by admin
on
December 01, 2017
Rating:

No comments: