Top Ad unit 728 × 90

Flash News

news;Election;politics

पैसाले मत किन्न सकेनन् मतदातालाई माधब कुमार नेपालले



काठमाडौं: निर्वाचन आचारसंहिता बिपरित गतिविधिमा संलग्न भएको भन्दै स्थानिय बासिन्दा हरुले एमाले नेता माधव कुमार नेपालका भान्जा लाई नै हात वाँधेर गाउँबाट पठाएका छन्। मौन अबधिमा समेत गाउँमा आएर आचार संहिता विपरित काम गरेको भन्दै स्थानियहरुले नेपाल उमे्द्वार भएको निर्वाचन क्षेत्रको नाङलेभारेबाट पठाएका हुन्। बुधवार दिउँसो नेपालका भाञ्जा सहितको टोली नाङलेभारेमा आचार संहिता विरोधी गतिविधीमा संलग्न भएको भन्दै स्थानियहरुले विरोध स्वरुप उनको पाता फर्काई हात वाँधेर पठाँइदिएका हुन। काठमाडौं निर्वाचन क्षेत्र नं२ स्थित नाङ्लेभारेको लामाटोलमा एमालेका उमेद्वार माधब कुमार नेपालको स्वकिय सचिब, उमेदवार नेपालको आफ्नै भान्जा नितेश पौडेल र नेकपा एमालेका केहि कार्यकर्तालाई गाउँलेहरुले गाउँबाट निकाला गरेका हुन्।

सोझासाझा जनतालाइ प्रोलभनमा पार्ने उद्देश्यले अघिल्लो रातनै गाउँ बसेको र बैठक गर्दै गरेको खबर पाएपछि उक्त स्थानमा पुगेका स्थानिय अगुवाहरुले उनीहरुलाई गाउँबाट वाहिर्‍याएका हुन्। स्थानिय अगुवाहरु त्यहाँ पुग्दा उनीहरुको हातमा पछाडीबाट डोरीले वाँधेको थियो। स्थानियहरुले आफूहरुलाई प्रलोभनमा पार्न पैसाको अफर गरेपछि उनीहरुलाई हात वाँधेर राखेको बताएका छन्। स्थानियहरुले काठमाडौंमा त पैसाको बलमा मत किन्न खोज्ने एमाले सहितको गठवन्धनले ग्रामिण भेगमा के गरेको होला भन्दै प्रश्न समेत गरेका छन्।

उता पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ। पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट सशस्त्र प्रहरीले बुधबार बिहान एमाले कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो। पर्साको बहुदरमाई नगरपालिका ७ फुलकौल टोला अशोककुमार गुप्ता रौनियार, वासुप्रसाद यादव र वृजेष पटेल पक्राउ परेका हुन्। रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन्।

ना १ ह ९३३२ अटो रिक्सालाई समेरबारी चोकमा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा नगद तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा दत्त पन्तले जानकारी दिए। ‘गाँउ तिर जाँदै गरेको अटो रिक्सा चेकजाँच गर्दा एक जनाको साथबाट दुई लाख र अर्का एक जनाको साथबाट एक लाख रुपैयाँ बरामत भएको छ, ’उनले भने ,‘रकमसँगै एमालेको झण्डा, नमुना मतपत्र समेत अटो रिक्साबाट बरामद भएको छ।’ नगद रकमसहित पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए। साभार!
पैसाले मत किन्न सकेनन् मतदातालाई माधब कुमार नेपालले Reviewed by admin on December 06, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.