Top Ad unit 728 × 90

Flash News

news;Election;politics

डरलाग्दो घटना: झगडाले उग्र रुप लिए पछि आफ्नै श्रीमानको ४ ओटा औँला पोलेर खाइन श्रीमतिले | पुरा पढ्नुहोस समाचार


पुस १४, दाङ  – श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्।  जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि आश्चर्य लाग्ने यो घटना दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो । ६४ वर्षीया वृद्धा रिसमी महतराले श्रीमान चन्द्रबहादुरको चारवटा औँला काटेर पोलेर खाएकी छन् । ‘यो आश्चर्य चकित पार्ने घटना भएको छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले भने ‘श्रीमानको हातका चार वटा औँला काटेर श्रीमतीले खाएकी छिन् ।’ यो घटनाको मूल कारण घरायसी विवाद थियो।   

प्रहरीका अनुसार चन्द्रबहादुरले श्रीमती रिसमीलाई मदिरा सेवन गरेर जहिल्यै कुटपीट गर्थे । लामो समयदेखि मदरा सेवन गरेर भकुर्ने श्रीमान देखि रिसमी आजित बनिसकेकी थिइन् । ‘जहिल्यै रक्सी खाएर आउने अनि मलाई कुट्ने गर्थे,’रिसमीको भनाई उद्धृृत गर्दै डिएसपी सापकोटाले भने ‘धेरै लामो समय देखि लोग्नेको अत्याचार सहिरहेको थिएँ ।’   बुधबार राती पनि चन्द्रवहादुर मदिरा सेवन गरेरै घर फिरे । पहिले जस्तै उनी श्रीमतीसँग बाझ्न थाले । रिसमीले आफूलाई रोक्ने प्रयास गरिन् । तर चन्द्रबहादुर उनिमाथि जाई लाग्न थाले । श्रीमानले आफूलाई भकुर्न थालेपछि रिसमीले होस गुमाइन् । नजिकै रहेको अचानोमा श्रीमानको दायाँ हात राखिन् अनि नजिकै रहेको गराँसी (मासु काट्ने धारिलो हतियार) ले उनको चारवटा औँला जरैबाट छिनालिदिइन्।  ‘सुरुमा विवाद हुँदासम्म श्रीमतीले सहेकी रहिछन्,’सापकोटाले भने ‘पछि कुटपिट हुन थालेपछि उनले होस गुमाएकी रहिछन् ।’
प्रहरीका अनुसार रिसमीले छुट्टिएका चार वटा औँला दन्किरहेको आगोमा पोलिन्, अनि खाइन् । ति महिलाले रिसको चरम सीमामा रहेकाले पोलेर खाएको प्रहरीलाई बयान दिएकी छिन् । ‘रिसले केही सोचिन र यसको मासु खान्छु भनेर औँला पोलेर खाएकी हुँ,’ ति महिलाको भनाई उद्धृत गर्दै डिएसपी सापकोटाले भने ‘चारवटै औँला पोलेर खाएको भन्ने बयान दिएकी छिन्।’   यो घटनाबारे गाउँलेहरूले जानकारी पाएपछि प्रहरी घटनास्थल पुग्यो । औँला पोलेर खाएको भन्नै महिलाको बयान प्रति आशंकामा रहेको प्रहरीले चन्द्रबहादुरका चार वटा औँलाको खोजी गर्यो तर कतै फेला पारेन । ‘आगो दन्किरहेको थियो, औँला काटेर त्यही आगोमा पोलेर खाएकी हुँ भनेर औँला नखोज्नुस् भनेर ति महिलाले भनिन्,’ डिएसपी सापकोटाले भने। 

 श्रीमानको ज्यादती सहन नसकेर औँला काटेर खाएको बताएकी ति महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । अहिलेसम्म रिसको सीमा पार भएपछि औँला पोलेर खाएको भन्ने मात्रै ति महिलाले बयान दिएकी छिन् । ‘खाली रिसको सीमा चरमचुलीमा पुगेपछि यो घटना भएको भनेर ति महिलाले बयान दिएकी छिन्,’सापकोटाले भने ‘हामी थप अनुसन्धानमै छौँ ।’ ‘हामीहरूले गाउँलेहरूलाई पनि ति महिलाको मानसिक सन्तुलनबारे सोधपुछ गर्यौँ,’डिएसपी सापकोटाले भने ‘तर ति महिला मानसिक रुपमा ठिक छिन् ।’ औँला काटिएका चन्दबहादुरलाई तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ। यो समाचार नागरिकमा प्रकाशित छ।
डरलाग्दो घटना: झगडाले उग्र रुप लिए पछि आफ्नै श्रीमानको ४ ओटा औँला पोलेर खाइन श्रीमतिले | पुरा पढ्नुहोस समाचार Reviewed by admin on December 28, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.