सिके राउत पुन पक्राउ - सिके को गाउँमा एक भोट पनि खसेन
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाटै बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिएका छन् । उनले टेलि भिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए। प्रत्यक्ष प्रसारणमा नै रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुर बस्दै आएका छन्।
सिकेको गाउँमा ९ सय ६० मतदाता रहेको सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर दुईको मतदान केन्द्रमा अहिलेसम्म मत हाल्न एक जना मतदाता पनि गएका छैनन् । उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ। सिके राउतले चुनावमा सहभागी नहुन उर्दी गरेपछि गाउँका कोही पनि मतदान गर्न नगएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिनुभयो ।
सिके राउत पुन पक्राउ - सिके को गाउँमा एक भोट पनि खसेन
Reviewed by admin
on
December 07, 2017
Rating:
Reviewed by admin
on
December 07, 2017
Rating:

No comments: