पार्टी एकताबारे केही कुरामा गाँठो परेको छ | छलफल प्रयास असफल
काठमाडौं, पुस ११ – चितवनबाट काठमाडौं आएलगत्तै हुने भनिएको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको छलफल हुन सकेन । चितवनबाट काठमाडौ फर्के लगत्तै दुवै अध्यक्ष ओली र प्रचण्डले वान टू वान वार्ता गर्ने तयारी थियो । तर पार्टी एकताबारे केही विषयमा सहमति जुटी नसकेकाले दुवै नेताले छलफल नगरेको प्रचण्ड निकट श्रोतले दावी गरेको छ ।
‘पार्टी एकताबारे केही विषयमा गाँठो परेको छ, प्रचण्ड निकट एक नेताले उज्यालो अनलाइनसँग भने त्यसलाई फुकाउन दुवै अध्यक्ष अनौपचारिक ढंगले लागिरहनुभएको छ ।’ पार्टी एकताबारे परेको त्यो गाँठो के हो भन्ने चाहिं ती नेताले खुलाउन चाहेनन् । केही विषयमा कुरा मिल्न बाँकी रहेको एमाले अध्यक्ष ओलीका विश्वास पात्र रहेका एक एमाले नेताले पनि स्वीकारे । मंगलबार नै दुई अध्यक्षबीच भेटघाट गरेर बुधबार पार्टी समन्वयन समितिको बैठक राख्ने तयारी गरिएको थियो । २ दलबिच एकीकृत पार्टीको अध्यक्ष र नयाँ सरकारको नेतृत्व आलोपालो हुने नहुने भन्ने विषयमा कुरो मिल्न बाँकी रहेको दुवै दलका दोश्रो तहका नेताले बताउँदै आएका छन् । यसबारे एमाले र माओवादीका नेताहरुले फरक–फरक धारणा राख्दै आएका छन् ।
भावी प्रधानमन्त्री ओली हुने कुरामा विमती नरहने पनि अध्यक्ष को हुने र ओलीले प्रधानमन्त्री पद बिचमा प्रचण्डलाई हस्तान्तरण गर्ने नगर्ने भन्ने विषयमा मतैक्य हुन सकेको छैन । मंगलबार नै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र वाम गठबन्धनको सरकार बन्ने विषयमा शंका नगर्न आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालले बाहिर अनेकौ कुराहरु चर्चामा आए पनि ति गलत रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको थियो । उहाँले एकताका लागि अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै उहाँले आफू धेरै बोल्ने पक्षमा नरहेको उल्लेख गर्नुभएको थियो । स्रोत: उज्यालो
पार्टी एकताबारे केही कुरामा गाँठो परेको छ | छलफल प्रयास असफल
Reviewed by admin
on
December 26, 2017
Rating:
Reviewed by admin
on
December 26, 2017
Rating:

No comments: