सभापति देउवाले अकस्मात वैठक बोलाएका छन् | पुरा पढ्नुहोस्
काठमाडाैं, पुस १४- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । कांग्रेस सभापति एवं शेरबहादुर देउवाले चुनावपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रदेशसभामा समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने मुख्य एजेण्डा रहेको नेताहरुले बताएका छन् ।
सवै प्रदेशमा गरि कांग्रेसले समानुपातिकतर्फ ७२ सिट पाउने भएपनि कसकसलाई सांसद बनाउने भन्ने टंगो लागेको छैन । यससँगै चुनावी समिक्षाका साथै प्रतिनिधिसभा र प्रदेशसभामा हारका कारण, राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश र सरकारको राजिनामालगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । पार्टीले धेरै ठाउँमा चुनाव हारेपछि सभापति देउवाले राजिनामा दिनुपर्ने माग कांग्रेसभित्र उठिरहेको छ भने महासमितिको बैठक बोलाएर नयाँ कार्यदिशा तय गर्नुपर्नेमा युवा नेताहरुले दवाव दिइरहेका छन् ।
सभापति देउवाले अकस्मात वैठक बोलाएका छन् | पुरा पढ्नुहोस्
Reviewed by admin
on
December 28, 2017
Rating:
Reviewed by admin
on
December 28, 2017
Rating:

No comments: