Top Ad unit 728 × 90

Flash News

news;Election;politics

काङ्ग्रेस नेता नरहरि आचार्यले अमेरिका बाटै काङ्ग्रेसका लागि भोट मागेका छन्

काठमाडौं – नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधानभसाबाट जारी भएको नयाँ संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले जित्नु पर्ने बताएका छन् । मष्तिस्कघात भएर उपचारका क्रममा हाल अमेरिकामा रहेका निवर्तमान सांसद्समेत रहेका नेता आचार्यले शनिबार अपील जारी गर्दै पार्टीको पक्षमा मतदान गर्न आह्वान गरेका हुन।  जनताले कांग्रेसप्रति गरेको भरोपा र विश्वास अनुसार संविधानसभाबाट संविधान जारी गर्न सफल भएकोमा आफुलाई सन्तोष लागेको उल्लेख गर्दै आचार्यले भनेका छन्, ‘जनताको विश्वास अनुसार नै त्यो समय नेपाली कांग्रेसको नेतृत्वमै हामीले संविधानसभा मार्फत संविधान बनाएका हौं। अब त्यस संविधानको कार्यान्वन गर्ने समय छ । त्यसका लागि पनि संसदमा नेपाली कांग्रेसको नेतृत्व र बहुमत आवश्यक छ भन्ने मलाई लाग्छ।’



नयाँ संविधान अनुसार हुन लागेको पहिलो निर्वाचन भएकाले लोकतन्त्रको संस्थागत विकासमा यसको महत्वपूर्ण भूमिका रहने जनाउँदै आचार्यले आफु अस्वस्थ भएकाले उपस्थीत हुन नसकेको पनि उल्लेख गरेका छन् । संविधानसभाको दुई निर्वाचनकामा काठमाडौं–५का मतदाताले निर्वाचति गरेकोमा आभार प्रकट गर्दै आचार्यले आफु अस्वस्थ भएकै कारणले पार्टीले नेता प्रकाशरण महतलाई अघि सारेको भन्दै उनको पक्षमा उभिन पनि आग्रह गरेका छन् । ‘नेपाली कांग्रेसले म रहेको यस निर्वाचन क्षेत्रबाट डा प्रकाश शरण महतलाई प्रतिनिधि सभाको उम्मेदवारका रुपमा खडा गरेको छ । उहाँ मेरा मित्र हुनुहुन्छ ।

विद्यार्थी कालदेखि नै नेपाली कांग्रेस पार्टीसंग आबद्ध भई प्रजातान्त्रिक आदोलनमा योगदान गर्नुभएका महतले पार्टी र सरकारमा रहेर कुशलतापूर्वक महत्वपूर्ण जिम्मेवारीहरु सम्हालिसक्नुभएको छ । संविधानसभा सदस्यका रुपमा पनि उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको हो,’ आचार्यले भनेका छन्, ‘यतिखेर पनि यस क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुग्न उहाँ योग्य हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। त्यसैले यस क्षेत्रका सम्पूर्ण मतदाता दिदीबहिनी दाजुभाइहरुलाई यसपटक डा प्रकाश शरण महतलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।’  साभार।
काङ्ग्रेस नेता नरहरि आचार्यले अमेरिका बाटै काङ्ग्रेसका लागि भोट मागेका छन् Reviewed by admin on December 02, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.