केपी ओली लाई दिए गगन थापाले कडा चेतावनी
२३ मंसिर, काठमाडौं: नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् । गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् ।
समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया दिन्नँ । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो । उनले अब कांग्रेस यसरी नचल्ने बताए । उनले एमाले अध्यक्ष केपी ओलीलाई 'भावी प्रधानमन्त्री' भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह गरे । बम विस्फोट प्रायोजित हुनेसक्ने भन्दै ओलीले भनेकोमा उनले खेद प्रकट गर्दै भने, ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’
चुनावी प्रसारको क्रममा गगन थापा लाई लक्षित बम प्रहारमा थापा सहित ११ जना घाइते भएका थिए। थापालाई सामान्य चोट लागे पनि अरु केही घाइते हरु अझै उपचाररत छन्। उक्त घटना आफैले घटाएको हुन सक्ने भन्दै केपि ओलि, केशव स्थापित लगायत् ले अभिव्यक्ति दिएका दिए, जसमा गगन थापाले कडा आपत्ती व्यक्त गरेका हुन्।
केपी ओली लाई दिए गगन थापाले कडा चेतावनी
Reviewed by admin
on
December 08, 2017
Rating:
Reviewed by admin
on
December 08, 2017
Rating:

No comments: