काठमाडौ– काठमाडौ–४ का कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा नेपाल प्रहरीले उपत्यका विभिन्न स्थानबाट करिब ३० जनालाई गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बुढानिलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिनुभएको छ।
आज चुनावी प्रचार अभियानमा रहेका थापालाइ लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका- २ चपलीको माटोकोलोनीमा बम आक्रमण भएको थियो । यो आक्रमणमा गगन थापा सहित उनका दश जना सहयोगीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये दुइजनाको अवस्था गंभिर रहेको छ । टाउकोमा चोट लागेका थापा उपचारपछि डिस्चार्ज भएका छन् । उनले आफु ठिक रहेको बताउँदै यस्ता घटना हुन नदिन सरकारको समेत गम्भीर ध्यान आकर्षण गरेका छन्।
No comments: