Top Ad unit 728 × 90

Flash News

news;Election;politics

अमेरिकाले आक्रमण गरे उत्तर कोरिया पुर्ण रुपमा ध्वस्त


वासिङटन–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले अमेरिका र उत्तर कोरियाबीचको युद्धको सम्भावना बढ्दै गएको बताएका छन्।   अमेरिकाको क्यालिफोनिर्यामा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्तर कोरियाले बलेको आगोमा  घ्यू थपिरहेको बताए।

अमेरिकाले बिना हतियार उत्तर कोरियासँगको युद्धको सामना गर्ने बताउँदै अमेरिकाले आक्रमण गरेमा उत्तर कोरिया पूर्णरुपमा ध्वत हुने उनले दाबी गरे।   उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण माथि रोक लगाउनमा सहयोग गर्नका लागि चीनले उत्तर कोरिया निर्यात गर्दै आएको तेलमा प्रतिबन्ध लगाउनुपर्ने अमेरिकाले बताउँदै आएको छ। 
उत्तर कोरियाले गत  बुधबार जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र अहिले सम्मकै शक्तिशाली अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र भएको दाबी समेत उत्तर कोरियाली नेता किम जोन उनले गरेका थिए।   उत्तर कोरियाको मिसाइल परीक्षणले विश्व शान्तिको पूर्णरुपमा अपमान गरेको संयुक्त राष्ट्रसंघले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको थियो। 

लगातार रुपमा उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले विश्व शान्तिमा बाधा पुगेको र  यसले विश्वमा हतियारको होडबाजी बढ्ने राष्ट्रसंघको ठहर थियो।   मिसाइल परीक्षणले अमेरिका लगायत उसका गठबन्धन मुलुकहरूलाई कडा चुनौती दिएको छ।  करिब २ महिना पछि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । मिसाइल उत्तर कोरियाको  दक्षिण प्रान्तमा पर्ने प्योङयानको पूर्वी क्षेत्रबाट प्रहार गरिएको थियो। 
अमेरिकाले आक्रमण गरे उत्तर कोरिया पुर्ण रुपमा ध्वस्त Reviewed by admin on December 04, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.