Top Ad unit 728 × 90

Flash News

news;Election;politics

मौन अवधिमा फेसबुक ट्विटर युट्युब बाट भोट मागेमा १ लाख सम्मको जरिवाना

काठमाडौँ- मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् ।

मौन अवधिमा उम्मेदवार र पार्टीले मात्रै हैन अरुले पनि मत माग्न पाउँदैनन् । फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाट समेत यो समयमा मत माग्न नपाइने अधिकारीहरुले चेतावनी दिएका छन् । निर्वाचन आयोगले अनुगमनका लागि जिल्ला जिल्लामा टोलीसमेत खटाएको छ । चितवनमा मंसिर सात गते नै केन्द्रीय अनुगमन टोली आएर अनुगमन गरिरहेको छ ।

‘मौन अवधिमा सामाजिक सञ्जाल र मोबाइल फोनको एसएमएसबाट मत मागे, चुनाव प्रचार गरे एक लाख रुपैयाँसम्म जरिवाना र सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुने कानुनी प्रवधान छ,’ निर्वाचन आयोगले चितवनका लागि खटाएको केन्द्रीय अनुगमन समितिका टोली प्रमुख सह–न्यायाधिवक्ता उद्धबप्रसाद पुडासैनीले सोमबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा जानाकारी दिए । टोलीका अर्का प्रमुख सह–सचिव रामकृष्ण सुवेदीले उल्लंघनका घटना भए सुचना दिन मतदाता र सर्वसाधरणलाई आग्रह गरेका छन् । ‘हामी पनि खटिरहेका छौं ।

सुक्ष्म अनुगमनका लागि अर्को टोली पनि आएको छ । मौन अवधिमा गर्न नपाइने कामहरु कहि कतै भएको रहेछ भने हामीले रोक्ने छौं । यस्ता घटना भएको कसैले देखे जसले पनि सुचना दिन सक्ने छ,’ सुवेदीले भने । पत्रकार सम्मेलनमा दिइएको जानकार अनुसार सोमबार मध्यरातदेखि निर्वाचन प्रचार प्रसार र मत माग्न पाइँदैन । त्यस्तै मतदान केन्द्रको तीन सय मिटर वरपर पार्टीहरुले कुनै खालका प्रचार सामाग्रीहरु राखेका छन् भने ती सबै मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाएको हुनुपर्छ । उम्मेदवार र राजनीतिक दलको प्रचार प्रसार हुने गरेर सञ्चार माध्यमले समाचारसमेत प्रकाशन र प्रसारण गर्न हुन्न । ‘मिडियाबाट मात्रै नभएर मोबाइलको एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमका सामाजिक सञ्जालमार्फत् पनि मत माग्न र निर्वाचनको प्रचार प्रसार गर्न पाइँदैन’ टोली प्रमुख उद्धवप्रसाद पुडासैनीले भने ।

बिहीबार हुने मतदानको दिन पनि मतदाता, उम्मेदवार र पत्रकार र पर्यवेक्षकहरुले पनि विभिन्न नियमहरु पालना गर्नुपर्ने हुन्छ । मतदानका दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिन्ह वा संकेत नभएको पहिरन, परिचयपत्र र व्याज मात्र प्रयोग गर्नुपर्ने हुन्छ । मतदानका दिन कुनै पनि खालका गाडी प्रयोग गरेर मतदातालाई ल्याउन लैजना पाइँदैन । तर शारीरिकरुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकेको सवारी साधन प्रयोग गर्न सकिने छ । ‘मौन अवधि भनेको एक प्रकारले अघोषित कफ्र्यु जस्तै हो ।

भेला भएर मत माग्न वा निर्वाचन विरोध कुनै पनि खालका काम गर्न पाइँदैन । भोज भतेर केही गर्न पाइँदैन । भएको पाइएमा कारबाही हुन्छ,’ पत्रकार सम्मेलनमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने । २० गते बुधबार मध्यरातबाट गाडी चल्न पनि बन्द हुनेछ । ‘दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा अन्य खालका जस्ता सुकै गाडीहरु पनि बुधबार मध्यरातबाट चल्ने छैनन् । बिहीबार मतदान सकिएपछि अर्थात् पाँच बजेपछि मात्रै चल्नेछन्,’ प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । उम्मेदवार, पत्रकार, पर्ववेक्षक, अनुगमनकर्ता र सरकारी अधिकारीले प्रमुख जिल्ला अधिकारीले स्वीकृति दिएका गाडीहरु मात्रै चलाउन पाउने छन् । नागरिक समाचार बाट!
मौन अवधिमा फेसबुक ट्विटर युट्युब बाट भोट मागेमा १ लाख सम्मको जरिवाना Reviewed by admin on December 04, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.