Top Ad unit 728 × 90

Flash News

news;Election;politics

समानुपातिक को अन्तिम नतिजा आयो | पाँच दलले कति कति पाए सिट?

मंसिर १० र २१ गते भएको चुनावमा एक करोड ५ लाख भोट खसेको थियो । प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र ३ प्रतिशत कटाएकाले प्रतिनिधिसभामा समानुपातिकबाट यीनै पाँचदलका मात्र सांसद हुनेछन् ।   प्रतिनिधिसभातर्फ प्रत्यक्ष ८० सिट जित्दै पहिलो दल बनेको एमाले समानुपातिकमा पनि पहिलो नै भएको छ ।

एमालेले खसेको कुल सदर मतको ३५ प्रतिशत मत ल्याएको छ । त्यस्तै प्रत्यक्षमा २३ सिट मात्र जितेर तेश्रो स्थानमा धकेलिएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो भएको छ । उसले ३४ प्रतिशत मत पाएको छ । समानुपातिक समेतको परिणामले कांग्रेस दोश्रो दल बन्ने पनि निश्चित भएको छ ।   त्यस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले केन्द्रले समानुपातिकमा १४ प्रतिशत मत ल्याएको छ ।

संघीय समाजवादी फोरम र राजपाले ५ प्रतिशत हाराहारीमा मत पाएका छन् ।   ३ प्रतिशत मत नकटाएका विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले समानुपातिकमा पाएको मतबाट एकजना पनि सांसद पठाउन पाउँदैनन् । यी दलले पाएको मतको हिसाब नहुने भएकाले ३ प्रतिशत मत कटाएका दलहरुले थप सिट पाउनेछन् । 

जसअनुसार प्रतिनिधिसभामा एक सय १० समानुपातिक सांसदमध्ये सरदरमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा नेपालले ६/६ सिट पाउनेछन् । प्रत्यक्षबाट थोरै मात्र महिला सांसदले जितेको संघीय संसदमा दलले पाएका यी सिटमा सबैजसो महिलालाई चयन गर्नुपर्ने अवस्था छ ।
समानुपातिक को अन्तिम नतिजा आयो | पाँच दलले कति कति पाए सिट? Reviewed by admin on December 15, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.