केपी ओलीले चुनावी परिणाममा यस्तो गरे दावी
भक्तपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा दुई तिहाई परिणाम हासिल गर्ने दाबी गरेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा अपरान्ह ४ बजे मतदान गरेपछि उनले भने, ‘लगभग दुई तिहाई ल्याउँछौं।’ पूर्वप्रधानमन्त्री ओलीले दुई तिहाई ल्याउँदैमा वाम गठबन्धनसँग घमण्ड र दम्भ केही नहुने पनि प्रष्ट पारे। ‘अरु दुई तिहाई आउँदा कसरी भूइँ न भाँडामा हुन्छन् तर हामी हुँदैनौं’, उनले सञ्चारकर्मीलाई भने, ‘वाम गठबन्धनले जित्दैमा अधिनायकवाद आउँछ भन्नु भ्रममात्र हो। हामी आक्रामक पनि हुँदैनौँ र कायर हुन पनि जान्दैनौं।’
उनले अन्य दलको अस्तित्व स्वीकार्दै विकासका एजेन्डामा एक हुनेसँग एकता गर्दै अघि बढ्ने पनि बताए। ओलीले मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमार्फत् मतदाताले कुन पार्टीलाई कस्तो आकारा दिने भन्ने टुंगो लगाउने पनि बताए। ‘राजनीतिक दलले भविष्यको झल्को पाइसकेका छन्, उनीहरुलाई अब हामी टिक्दैनौं भन्ने भइसकेको छ किनकी वाम पन्थीले राम्रो काम गर्छन् भन्ने बुझेका छन्,’ ओलीले भने। परिणाम जस्तो आए पनि सबै दललाई सम्मानपूर्वक साथ लिएर जाने स्पष्ट पारे। ओलीले व्यक्ति गुण र दोषका आधारमा चयन हुने उल्लेख गरे। उनले थपे, ‘भ्रष्टाचार रोक्ने र विकासका एजेण्डामा आउनेलाई स्वागत छ।’ अन्नपुर्ण पोस्ट बाट !
केपी ओलीले चुनावी परिणाममा यस्तो गरे दावी
Reviewed by admin
on
December 07, 2017
Rating:
Reviewed by admin
on
December 07, 2017
Rating:

No comments: