Top Ad unit 728 × 90

Flash News

news;Election;politics

नेपालले युएई लाई दियो २२२ रनको लक्ष्य । कसले कति रन हान्यो हेर्नुहोस


ब्युटिफुल नेपाल:  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका युएई सँगको अन्तिम खेलहरु अन्तर्गत पहिलो खेलमा नेपालले युएई को सामना गरिरहेको  छ। घरेलु टिम युएईले आभु दावी मा टस जितेर पहिले फिल्डिङ् रोजे पछि नेपालले पहिले ब्याटिङ गरेको हो। नेपालले पहिलो इनिङ्सको समाप्तिमा ६ विकेट सँगै २२१ रन  बनाएको छ। २२२ रनको लक्ष्य सहित युएईले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।

१४.५ ओभरमा नेपालले ४३ रन हुँदा दिलिप नाथलाई पहिलो विकेटको रुपमा गुमायो। उनले ३९ बलमा १६ रन बनाए र अहमद राजाको बलमा बोल्ड भए। त्यसपछी शरद भेस्वाकर ब्याटिङमा आए।  ज्ञानेन्द्र मल्लले ८३ बलमा ५४ रनको पाली खेले। रोहन मुस्ताफाको एल बि डब्लु धरापमा पर्नु अघि उनेले ६ चौका को मद्दतले उक्त रन बनाएका हुन् ।  पारस खड्का र शरद भेष्वाकरको जोडी धेरै बेर टिक्न सकेन। कप्तान पारसले ३६ बलामा ४ चौका हान्दै २० रन बनाए पछि क्याच आउट भए। जाहुरखानको बलमा अहमद राजाले सजिलै क्याच गरेका थिए। पारस आउट भए पछिआएका आरिफ शिख पनि शुन्य रनमा आउट भए। बिनोद भण्डारी पनि ४ रनमा पेभिलियन फर्के।

सोमपाल कामीले खेल अन्तिम समय तिर आएर १९ बलमा २० रन हानेर ४५ ओभरमा आउट भए। नेपालको इनिङ्ग्स सम्मानजनक तर्फ लैजान, शरदको भुमिका अतुलनीय रह्यो । तेस्रो नम्बरमै ब्याटिङ गर्न आएका  शरद भेष्वाकरले अविजित रहदै ८१ रनको विशाल रन बनाए। उनले ९५ वल सामना गर्दा ५ चौका प्रहार गरे । त्यस्तै बसन्त रेग्मीले पनि नट आउट रहँदै १४ रन बनाए।

 विश्व क्रिकेट लिगमा नेपाल र युएई यस अघि नै डिभिजन २ मा घटुवा भइसकेका छन्। ८ देश सम्मिलित प्रतियोगितामा प्रत्येकले २-२ पटक खेल्ने प्रावधान रहेको थियो। शिर्ष ४ ले सिधै विश्वकप छनोट खेल्ने पाउने र एकदिवसीय मान्यता पाउनेछन् भने पुछारका ४ ले डिभिजन ३ बाट २मा आएका २ टिम गरि ६ टिम सँग फेरि लिग खेल्ने छन्, सो प्रतियोगितामा शिर्ष २ ले फेरि विश्वकप छनोट खेल्न पाउनेछन्। नेपाल र युएईले शिर्ष ४ पुग्ने सम्भावना गुमाइसकेको छ । यि दुई बिचको अर्को तथा अन्तिम  खेल पर्सी हुनेछ। नेपालको १२ खेलबाट ९ अँक छ भने, युएईको उतिनै खेलबाट ६ अँक रहेको छ।

नेपाली ब्याटिङ:
  • दिलिप नाथ १६ रन (३९ बल)
  • मल्ल  ५४ रन (८३ बल,६ चौका)
  • शरद भेष्बाकर ८१ रन (९५ बल, ५ चौका)
  • पारस खड्का २० रन (३६ बल ३ चौका)
  • आरिफ सिख ० रन (७ बल)
  • बिनोद भण्डारी ४ रन (६ बल)
  • सोमपाल कामी २० रन (१९ बल, ३ चौका)
  • बसन्त रेग्मी १४ रन (१५ बल)
  • अतिरक्त १२ रन(वाइड)
    ------------------------------------------
    नेपाल २२१-६ ५० ओभरबाट

नेपालले युएई लाई दियो २२२ रनको लक्ष्य । कसले कति रन हान्यो हेर्नुहोस Reviewed by admin on December 06, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.