गगन थापा माथि बम आक्रमण हुदाँ थापासहित ११ जना घाइते | त्रिवी शिक्षण अस्पताल लगियो
काठमाडौं: काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार गगन थापा सहित सात जना घाइते भएका छन्।चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।
चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम अाक्रमण भएको हो। घाइते थापासहित ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।थप समाचार आउन बाँकी रहेको छ। चुनाब आउन ३ दिन मात्र बाँकी रहँदा सुरक्षा बिषयमा बम हमलाका घटना हरु बढेका छन्। गगन थापा र घाइते सबैलाइ स्वास्थ्य लाभको कामना!
यसैबिच थापाले " आफुलाई कान र पछाडि पट्टी बम को छर्राले गर्दा चोट लागेको र अरु सामन्य भएको ", अस्पतालबाट बताएका छन्। अहिले महाराजगन्ज स्थित शिक्षण अस्पतालमा जनमानसको भिड भएको छ।
गगन थापा माथि बम आक्रमण हुदाँ थापासहित ११ जना घाइते | त्रिवी शिक्षण अस्पताल लगियो
Reviewed by admin
on
December 03, 2017
Rating:
Reviewed by admin
on
December 03, 2017
Rating:



No comments: