पहिलाको चुनाबमा माधब कुमार नेपाल लाई हराएका झक्कुले काङ्ग्रेसलाई हराउन सकेनन्
बाम गठबन्धनका देशभर नै बलियो देखिए पनि यसपटक झक्कु प्रसाद सुवेदीलाई भने साथ दिएन। पहिलो सँविधान सभाको चुनावमा काठमाडौँ बाट एमालेका माधव कुमार नेपाललाई सनसनीपुर्ण तरिकाले हराएर निकै चर्चित भएका माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीलाई प्रतिनिधिसभा चुनावमा भने ठुलो झट्का लागेको छ।
काठमाडौँ क्षेत्र न. ६ मा सुरुवात देखि नै नेपाली काङ्ग्रेसका उम्मेदवार भिमसेन दास प्रधान भन्दा अगाडी रहेका झक्कु पर्साद ले जित्ने लक्षण देखिएको थियो। तर यसो भएन। काङ्ग्रेसका प्रधानले पछिल्लो समय झक्कुलाई अोभरटेक गरेर जित दर्ता गर्दै नेपाली काङ्ग्रेसको काठमाडौँमा चौथो जित दर्ता गरेका हुन्। नेपाली काङ्ग्रेसमा यसअघि, काठमाडौं क्षेत्र न. १, ४ र १० बाट क्रमश: प्रकाशमान सिंह, गगन कुमार थापा र राजेन्द्र केसी निर्वाचित भइसकेका छन्।
नेपाली काङ्ग्रेस उम्मेदवार प्रधानले १६,७८५ मत प्राप्त गरे विजयी भए भने, झक्कु प्रसादले १५,४८५ मत मात्र प्राप्त गरे। प्रधानले झक्कुलाई १३०० मत अन्तरले हराएका हुन्।
पहिलाको चुनाबमा माधब कुमार नेपाल लाई हराएका झक्कुले काङ्ग्रेसलाई हराउन सकेनन्
Reviewed by admin
on
December 09, 2017
Rating:
Reviewed by admin
on
December 09, 2017
Rating:

No comments: