भोट माग्नको कुन कुन दलका नेताहरुले नौटङ्की गरे?
चुनावी प्रचार अभियानका क्रममा विभिन्न उम्मेदवाहरूले भोट माग्न अनेकन तरिका अपनाएका देखिएको छ ।
त्यस्तो गर्नेमा प्रतिनिधि उम्मेदवार स्वयम् आफै देखि लिएर कार्यकर्ता हरु समेत रहेका छन् ।
विवेकशील साझा पार्टीले सबैभन्दा धेरै सामाजिक सञ्जालबाट प्रचार गरिरहेको छ, उक्त पार्टीले मतदाताले बोलेको कुरालाई भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने काम गरेको छ र स्पोन्सर (विज्ञापन) गरेर ठूूलो समूहमा पुर्याउने कोसिस गरेको छ । प्रचारलाई खर्चिलो बनाउनेभन्दा पनि जनतासँग प्रत्यक्ष सम्बाद गर्न, पार्टीका कुरा र उम्मेदवारका प्रतिबद्धताहरूलाई जनतामाझ पुर्याउन सामाजिक सञ्जालहरूको प्रयोग बढी मात्रामा गरिएको विवेशशील साझा पार्टीका प्रवक्ता एवं काठमाडौँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सूर्यराज आचार्यले बताए । वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘फेसबुकबाटै जन्मेको पार्टी सामाजिक सञ्जाल प्रयोग गर्नु के नौलो भयो र?’ विवेकशीलका प्रवक्ता आचार्य भन्छन्, ‘चुनावलाई खर्चिलो नबनाई जनतासँग सारभूत किसिमले प्रत्यक्ष सम्बाद गर्न सामाजिक सञ्जालको प्रयोग गरिएको हो । अहिले लगभग तीस, चालीस लाख युवाहरू विदेशमा छन् र उनीहरूमाझ हाम्रो सन्देश प्रवाह प्रभावकारी रुपमा भइरहेको छ ।’ घरदैलोमा जाँदा स्थानीयले दिएको प्रतिसन्देशबाट आचार्य उत्साहित छन् । ‘हाम्रो त छोराले अष्ट्रेलियाबाट फोन गरेर भनिसकेको छ । बाबुहरू ढुक्क हुनुहोस् एकचोटि त दिने हो भन्ने किसिमको हामीले प्रतिक्रिया पाइरहेका छौँ’, आचार्यले सुनाए, ‘त्यस हिसाबले अहिले मतदाता बोल्न चाहन्छन् र हामीले सामाजिक सञ्जालको माध्यमद्वारा त्यसलाई सार्वजनिकीकरण गरेको हो । किनभने यो अत्यन्त भिन्न शैलीमा मतदाताको प्रतिक्रिया पाएका छौँ ।’ अहिले सामाजिक सञ्जाल हेर्ने हो भने दलका नेताहरूको विभिन्न नाममा बनेका आइडीमार्फत् आफ्ना लागि भोट माग्ने र जिताउन आग्रह गरिएका सामग्री पोष्ट भएका देख्न सकिन्छ । यस्तै तस्बिरहरूलाई उनीहरूको सहयोगीहरूले सामाजिक सञ्जालमा हिट गराउन प्रायोजन समेत गराइदिएका छन् । तर पहिलेको चुनाव र अहिलेको चुनावमा प्रचार शैली भने फेरिएको छ ।
दलहरूलाई निर्वाचन आयोगले भित्तेलेखन र पोष्टर टाँस्न निषेध गरेपछि दलहरूको ध्यान सामाजिक सञ्जालतिर केन्द्रीत छ । माओवादी केन्द्रका चुनाव प्रचार विभागका सदस्य सुरेन्द्र बस्नेतले स्तरीय प्रविधि, हाइटेक प्रणाली, सामाजिक सञ्जालको प्रयोग र विभिन्न भिडियो क्लिपहरूको प्रयोग गरी प्रचारमा नयाँ तरिका अपनाउने प्रयत्न गरेको बताए । बस्नेतले रेडियो टेलिभिजनदेखि लिएर अनलाइन न्युज पोर्टलहरू र सामाजिक सञ्जालका माध्यमहरूलाई अधिकतम् रुपमा सदुपयोग गरेर, समन्वय गरेर कतै समाचारको रुपमा र कतै विज्ञापनको रुपमा प्रचार गरिरहेको जानकारी दिए । बस्नेतले भने, ‘विगतमा भित्ते लेखन, पोष्टर र पम्पप्लेटको बढी प्रचलन थियो भने यसपटक हामीले अलिकति नयाँपन दिइकन अधिकतम सामाजिक सञ्जालको प्रयोग गरेका छौं र अन्य माध्यममा कहीँ विज्ञापन त कहीं समाचारकै स्वरुप प्रयोग गरी प्रचारलाई व्यवस्थित बनाएका छौं ।’ पहिलेका चुनावमा दलका उम्मेदवारहरू भाषणबाटै मत माग्थे । मतदाताको मन जित्ने कोसिस गर्थे । कतिसम्म भने जसले राम्रो बोल्न सक्छ उसैलाई मतदाताले रुचाएका थिए । तर अहिले हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दलहरूले भाषणभन्दा बढी सामाजिक सञ्जाल र मिडियाबाट प्रचार अभियान सञ्चालन गरिरहेका छन् । त्यसकारण दलहरूका खासै ठूला ठूला आमसभाहरू देखिएका छैनन् ।

- एमालेका एक नेताले मतदाताको गोठमा गएर गाई दुहेको देखियो ।
- राजपाका एक उम्मेदवारले खेतमा काम गरिरहेका मतदाताको खुट्टा ढोगे । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो ।
- एक उम्मेदवारले खेतमा पुगेर आधा घण्टा धान काटिदिए ।
- अर्का उम्मेदवारले भने मतदातासँगै बसेर तोरी उठाउने काम गरे ।
विवेकशील साझा पार्टीले सबैभन्दा धेरै सामाजिक सञ्जालबाट प्रचार गरिरहेको छ, उक्त पार्टीले मतदाताले बोलेको कुरालाई भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने काम गरेको छ र स्पोन्सर (विज्ञापन) गरेर ठूूलो समूहमा पुर्याउने कोसिस गरेको छ । प्रचारलाई खर्चिलो बनाउनेभन्दा पनि जनतासँग प्रत्यक्ष सम्बाद गर्न, पार्टीका कुरा र उम्मेदवारका प्रतिबद्धताहरूलाई जनतामाझ पुर्याउन सामाजिक सञ्जालहरूको प्रयोग बढी मात्रामा गरिएको विवेशशील साझा पार्टीका प्रवक्ता एवं काठमाडौँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सूर्यराज आचार्यले बताए । वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘फेसबुकबाटै जन्मेको पार्टी सामाजिक सञ्जाल प्रयोग गर्नु के नौलो भयो र?’ विवेकशीलका प्रवक्ता आचार्य भन्छन्, ‘चुनावलाई खर्चिलो नबनाई जनतासँग सारभूत किसिमले प्रत्यक्ष सम्बाद गर्न सामाजिक सञ्जालको प्रयोग गरिएको हो । अहिले लगभग तीस, चालीस लाख युवाहरू विदेशमा छन् र उनीहरूमाझ हाम्रो सन्देश प्रवाह प्रभावकारी रुपमा भइरहेको छ ।’ घरदैलोमा जाँदा स्थानीयले दिएको प्रतिसन्देशबाट आचार्य उत्साहित छन् । ‘हाम्रो त छोराले अष्ट्रेलियाबाट फोन गरेर भनिसकेको छ । बाबुहरू ढुक्क हुनुहोस् एकचोटि त दिने हो भन्ने किसिमको हामीले प्रतिक्रिया पाइरहेका छौँ’, आचार्यले सुनाए, ‘त्यस हिसाबले अहिले मतदाता बोल्न चाहन्छन् र हामीले सामाजिक सञ्जालको माध्यमद्वारा त्यसलाई सार्वजनिकीकरण गरेको हो । किनभने यो अत्यन्त भिन्न शैलीमा मतदाताको प्रतिक्रिया पाएका छौँ ।’ अहिले सामाजिक सञ्जाल हेर्ने हो भने दलका नेताहरूको विभिन्न नाममा बनेका आइडीमार्फत् आफ्ना लागि भोट माग्ने र जिताउन आग्रह गरिएका सामग्री पोष्ट भएका देख्न सकिन्छ । यस्तै तस्बिरहरूलाई उनीहरूको सहयोगीहरूले सामाजिक सञ्जालमा हिट गराउन प्रायोजन समेत गराइदिएका छन् । तर पहिलेको चुनाव र अहिलेको चुनावमा प्रचार शैली भने फेरिएको छ ।
दलहरूलाई निर्वाचन आयोगले भित्तेलेखन र पोष्टर टाँस्न निषेध गरेपछि दलहरूको ध्यान सामाजिक सञ्जालतिर केन्द्रीत छ । माओवादी केन्द्रका चुनाव प्रचार विभागका सदस्य सुरेन्द्र बस्नेतले स्तरीय प्रविधि, हाइटेक प्रणाली, सामाजिक सञ्जालको प्रयोग र विभिन्न भिडियो क्लिपहरूको प्रयोग गरी प्रचारमा नयाँ तरिका अपनाउने प्रयत्न गरेको बताए । बस्नेतले रेडियो टेलिभिजनदेखि लिएर अनलाइन न्युज पोर्टलहरू र सामाजिक सञ्जालका माध्यमहरूलाई अधिकतम् रुपमा सदुपयोग गरेर, समन्वय गरेर कतै समाचारको रुपमा र कतै विज्ञापनको रुपमा प्रचार गरिरहेको जानकारी दिए । बस्नेतले भने, ‘विगतमा भित्ते लेखन, पोष्टर र पम्पप्लेटको बढी प्रचलन थियो भने यसपटक हामीले अलिकति नयाँपन दिइकन अधिकतम सामाजिक सञ्जालको प्रयोग गरेका छौं र अन्य माध्यममा कहीँ विज्ञापन त कहीं समाचारकै स्वरुप प्रयोग गरी प्रचारलाई व्यवस्थित बनाएका छौं ।’ पहिलेका चुनावमा दलका उम्मेदवारहरू भाषणबाटै मत माग्थे । मतदाताको मन जित्ने कोसिस गर्थे । कतिसम्म भने जसले राम्रो बोल्न सक्छ उसैलाई मतदाताले रुचाएका थिए । तर अहिले हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दलहरूले भाषणभन्दा बढी सामाजिक सञ्जाल र मिडियाबाट प्रचार अभियान सञ्चालन गरिरहेका छन् । त्यसकारण दलहरूका खासै ठूला ठूला आमसभाहरू देखिएका छैनन् ।
काठमाडौंमा बाम गठबन्धनले बाहेक अन्य पार्टीले ठूला आमसभा गरेनन् । दलहरूले काठमाडौं बाहिर पनि एकाध ठाउँबाहेक त्यति धेरै मानिसलाई दुःख दिनेगरी यसपटक कार्यक्रम गरेनन् । कांग्रेसको चुनाव प्रचारप्रसार समितिका सदस्य अजयबाबु सिवाकोटीले नेपाली कांग्रेसले पनि सामाजिक सञ्जाललगायत न्यु मिडियाको माध्यमबाट प्रचार प्रसार तिब्र पारेको बताए । सिवाकोटीले इन्टरनेट प्रयोगकर्ताहरूलाई लक्षित गरी सामाजिक सञ्जाल र अनलाइन मिडियाको प्रयोग गरेपनि ग्रामीण क्षेत्रका लागि भने रेडियोबाट आफ्ना प्रचार सामग्रीहरू पु¥याउने काम भइरहेको जानकारी दिए । सिवाकोटी भन्छन्, ‘भित्तेलेखन र पर्चा पम्प्लेट गर्न नपाइएपछि नेपाली कांग्रेसले प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र न्यु मिडियाको प्रयोग गरिरहेको छ । ग्रामिण क्षेत्रका मतदातालाई लक्षित गरेर रेडियो माध्यम प्रयोग गरिएको छ ।’ त्यसो त दलहरूको चुनावी प्रचार, पैसा र भोजभतेरमा सीमित भएको पनि चर्चा चल्ने गरेको छ । युवाहरू नै अहिलेका मुख्य प्रचार गर्ने प्रभावकारी माध्यम भएकाले सबैजसो दलहरूले प्रचार प्रचारमा मोटर साइकल ¥याली गराउने होडबाजी चलेको देखिन्छ । यसैगरी दलहरूले गीत संगीतबाट पनि मतदाताको ध्यान आकर्षण गर्ने प्रयत्न गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रीत गरेर दलैपिच्छे चुनावी गीत पनि बनेका छन् । कलाकारले गीत गाएका मात्रै छैनन्, राजनीतिक दलको चुनावी सभामा गएर मञ्चसमेत तताएका छन् । यो समाचार नागरिक बाट लिइएको हो!
भोट माग्नको कुन कुन दलका नेताहरुले नौटङ्की गरे?
Reviewed by admin
on
December 03, 2017
Rating:
Reviewed by admin
on
December 03, 2017
Rating:

No comments: