Top Ad unit 728 × 90

Flash News

news;Election;politics

काठमाडौँ बाट गगन थापा विजयी | काङ्ग्रेसले प्रतिनिधि सभामा खाता खोल्यो


काठमाडौं, मंसिर २३ –काठमाडौं क्षेत्र नंं. ४ मा कांग्रेसका गगन थापा विजयी हुनुभएको छ । वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजन भट्टराईलाई हराउँदै थापा विजयी हुनुभएको हो । मतगणनाको सुरुवाति चरणमा भट्टराईको अग्रता भए पनि थापाले उहाँलाई पछि पार्न थाल्नुभएको थियो ।

मतान्तर बढाउँदै थापाले जित हासिल गर्नुभएको हो । अरु क्षेत्रमा हार व्यहोरेको कांग्रेसलाई गगन थापाको जितले उत्साहित बनाएको छ । काठमाडौंमा यसअघि कांग्रेसका प्रकाशमान सिंहले जित हासिल गरिसक्नुभएको छ । थापा यसअघि पनि काठमाडौं ४ बाटै संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका शीर्ष नेताहरु अहिले भैरहेको मतगणनामा धेरै ठाउँमा पछाडि रहेका बेला थापाले जित हासिल गर्नुभएको छ ।
काठमाडौँ बाट गगन थापा विजयी | काङ्ग्रेसले प्रतिनिधि सभामा खाता खोल्यो Reviewed by admin on December 08, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.