Top Ad unit 728 × 90

Flash News

news;Election;politics

रवीन्द्र मिश्रले प्रकाशमानलाई बधाई दिए


काठमाडौं, मंसिर २३ –काठमाडौं क्षेत्र नम्बर १ बाट ८१८ मतले पराजित रवीन्द्र मिश्रले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाइ दिनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह १०९३६ मत ल्याएर काठमाडौं १ बाट निर्वाचित हुनुभयो । दोस्रो स्थानमा रहनुभएका विवेकशील साझाका मिश्रले १०११८ मत प्राप्त गर्नुभयो । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५३३६ मत प्राप्त गर्नुभयो । चुनावी नतिजा आइसकेपछि मिश्रले प्रकाशमान सिंहलाई

फोन गरेर बधाई दिनुभएको हो । उहाँले बिना संगठन नै पनि चार महिनामै आफ्नो पार्टीलाई भरपर्दो विकल्पका रुपमा लिएकोमा मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले प्रत्यक्षतर्फ आफूहरुले कम्तीमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी बन्ने सपना पूरा नभए पनि समानुपातिकतर्फ आफूहरुले उल्लेख्य मत ल्याउने बताउनुभयो । रवीन्द्र मिश्रले छोटो समयमै नागरिकबाट पाएको मायाका कारण देश निर्माणमा लाग्न आफूहरुलाई चुनौती थपिएको बताउनुभयो ।
रवीन्द्र मिश्रले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न नसके पनि नागरिकको मन जित्न सफल हुनुभएको छ । नेपाली राजनीतिप्रति युवाहरुले वितृष्णा व्यक्त गरिरहेका समयमा युवा पंक्तिलाई राजनीति केबल फोहोरी खेल हैन भन्ने मिश्रले स्पष्ट संकेत दिएका छन् । भलै उहाँले चुनावमा हार्नुभयो, उहाँ र उहाँको पार्टी नेपाली राजनीतिमा एउटा विकल्पको रुपमा खडा भएको छ । लामो राजनैतिक अनुभव नभएको र कमजो्र संगठनात्मक संरचना नै रवीन्द्र मिश्रको मुख्य कारण हुन सक्छ । यदि नेपालका लागि केही गर्छु नै भनेर मिश्रहरु राजनीतिमा आएका हुन् भने उनीहरु अहिलेको हारबाट विचलित नभै जनताका बीचमा आफूलाई सशक्त रुपमा उभ्याउने प्रयास गर्नुपर्दछ ।उज्यालो बाट!
रवीन्द्र मिश्रले प्रकाशमानलाई बधाई दिए Reviewed by admin on December 08, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.