Top Ad unit 728 × 90

Flash News

news;Election;politics

रसुवामा लोकतान्त्रिक गठबन्धनको क्लिन स्विप


रसुवा, मंसिर २३ –अरु क्षेत्रमा निराशाजनक नतिजा आएपनि रसुवामा लोकतान्त्रिक गठबन्धनको उत्साजनक नतिजा आएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रसुवामा लोकतान्त्रिक गठबन्धनले जित हासिल गरेको छ । तीन सदस्यका लागि भएको चुनावमा तीनवटै सिट लोकतान्त्रिक गठबन्धनले जितेको हो । प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य १४ हजार चार सय ५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार

जनार्दन ढकाल १० हजार दुई सय ७८ मत आउँदा पराजित हुनयभो । चार हजार एक सय ७५ बढी मत ल्याएर आचार्य विजयी हुनुभएको हो । प्रदेशसभातर्फ ‘क’ नेपाली कांग्रेसका प्रभात लामा विजयी हुनुभएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार कर्णेल लामालाई एक हजार ८ सय २४ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । कांग्रेसका लामाको ६ हजार ९ सय ७६ मत आएको थियो भने उहाँको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लामाको ५ हजार एक सय ५२ मत आएको थियो । एक हजार ८ सय २४ मत बढी ल्याएर लामा विजयी हुनुभएको हो । प्रदेश ‘ख’ तर्फ पनि लोकतान्त्रिक गठबन्धनका नयाँ शक्तिका प्रेम तामाङले एक हजार तीन सय ४८ मत बढी ल्याएर विजयी हुनुभएको हो । नयाँ शक्तिको तामाङको ७ हजार ४० र उहाँको प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार इन्द्र गौतम जगतजंगको ५ हजार ६ सय ९२ मत आएको छ ।
रसुवामा लोकतान्त्रिक गठबन्धनको क्लिन स्विप Reviewed by admin on December 08, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.