Top Ad unit 728 × 90

Flash News

news;Election;politics

इपिएलको उपाधि बिराटनगरलाई | फाइनलमा हजारौँ दर्शक उपस्थितिले सबै चकित


काठमाडौँ : टिभीएस एभरेस्ट प्रिमियर लिग अन्तर्गत फाइनल खेलमा भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले उपाधि जितेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको थियो।  विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य भैरहवाले प्राप्त गर्न सकेन।

भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले।ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए। विराटनगरका अंशुमन रथले एकै ओभरमा ३६ रन खाएपछि टोली दबाबमा पारेको थियो। विराटनगरका लागि अनिल साहले ३, करण केसीले २ तथा कप्तान पारस खड्काले १ विकेट लिए। अन्तिम ओभरमा ९ रन आवश्यक परेकोमा भैरहवाले ३ विकेट गुमाउँदै ७ रन मात्र जोडेको थियो। त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो।

टोलीका लागि अंशुमन रथले सर्वाधिक ४१ रनको योगदान दिए। पारस खड्काले २७ तथा अनिल कुमार साहले २२ रन जोडे। भैरहवाका कृष्ण कार्की र भुवन कार्कीले २-२ विकेट लिए। यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो ।
फाईनल खेलमा हजारौँ दर्शकहरु उपस्थित भएका थिए। घरेलु लिग क्रिकेटमा यति धेरै दर्शकहरु उपस्थित भएको यो पहिलो पटक हो। यसले नेपालमा क्रिकेट क्रेजबारे सँसारलाई नै चकित पारेको छ।

इपिएलको उपाधि बिराटनगरलाई | फाइनलमा हजारौँ दर्शक उपस्थितिले सबै चकित Reviewed by admin on December 30, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.