लगभग दशक वर्ष अघि केपी शर्मा ओलीले भनेका थिए–नेपालमा गणतन्त्र ल्याउँन खोज्नु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु सरह हो । उनले असम्भव ठानेको गणतन्त्र नेपालमा आयो । उतिबेला उनले जे कुरालाई असम्भव ठानेका थिए देशले त्यो प्राप्त ग¥यो । हुन त तात्कालिन समयमा आफूले उठाएको बयलगाडा सन्दर्भको गलत ब्याख्या भएको उनले पटक पटक बताएका छन् । तर, उनले जति नै प्रष्टिकरण दिएपनि सर्वसाधारण त्यो सन्दर्भलाई परिमार्जित रुपमा बुझ्न आवश्यक ठान्दैनन् । केपी ओलीले जीवनमा असम्भव देखेको एउटा महत्वपूर्ण सवाल सायद त्यही थियो होला । जुन सम्भव भयो ।गणतन्त्र त देशमा सम्भव भयो भने अरु के नहोला ? सायद केपी ओली यही सोच्दा हुन् रत भन्दा हुन् – हिन्द र प्रशान्त महासागरमा नेपालको झण्डावाल पानीजहाज, हावाबाट बिजुली, घर घरमा पाइपबाट ग्याँस आदी आदी ।
भिडियो पनि हेर्नुहोस:
देशमा गणतन्त्र आउँनु उतिबेला केपी ओलीलाई जति असम्भव लाग्थ्यो अहिले सर्वसाधारणलाई त्यति नै असम्भव र हावादारी लागिरहेको छ–केपी ओलीबाट हिन्द र प्रशान्त महासागरमा नेपाली पानी जहाँज चलाउँने अनि हावाबाट बिजुली निकालिने कुरा । केही काम गरेर देखाएका भए केपी ओलीले भनेका कुरामा मान्छेले विश्वास गर्थे होलान् । हो, केपी ओलीले बोलेको पु¥याउँछन् भन्थे होलान् । तर, उनले त सामान्य काम पनि गर्न सकेनन् । जनता ग्याँस नपाएर कैयन दिन भोकभोकै बसे तर, उनी पाइपबाट घर घरमा ग्याँस भन्ने हावादारी गफमा ब्यस्त भए । एक सिलिण्डर ग्याँसका लागि १० हजार सम्म तिर्नुपरेको तितो यथार्थ जनतासँग छ । तर, केपीले पाइपबाट चुलैमा ग्याँस पु¥याइदिने गफ दिन्छन् । ग्याँस मात्र होइन हरेक चिजमा कालाबजारीको साम्राज्य खडा भयो । तर, त्यो नियन्त्रण गर्नेतर्फ उनका पहलकदमी फिक्का सावित भए । जनता घण्टौंको लोडसेडिङ भोग्न बाध्य भए । तर, सिंहदरबार छिरेको दिनदेखि एक वर्षमा लोडसेडिङ अन्त्य हुन्छ भन्न थालेका केपी ले ९ महिना बित्न लागिसक्दा पनि उही भाषण दोहोयाइरहे । उनलाई हेक्का हुनुपर्ने हो, प्रतिबद्धता अनुसार लोडसेडिङ अन्त्य गर्न अब ३ महिना मात्र बाँकी छ भन्ने कुरा । तर, त्यसमा बाल मतलब दिएनन्। त्यसैले हो, देशमा गणतन्त्र आउला भन्ने कुरामा केपी शर्मा ओलीलाई जति विश्वास थिएन अहिले जनतालाई पनि केपी शर्मा ओलीबाट भने अनुसारका काम हुन्छन् भन्नेमा विश्वास रति भर छैन । त्यसैले यसो भन्दा फरक पर्दैन– बरु बयलगाडा चढेर अमेरिका पुगिएला तर, ओलीबाट विकासका कार्य कहिल्यै हुदैन ।: २०७३ असार ८ बाटको समाचार!
No comments: