Top Ad unit 728 × 90

Flash News

news;Election;politics

राजनले गगन लाई बधाई दिए


काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा विजयी भएपछि उहाँका प्रत्यासी एमालेका उम्मेदवार डा. राजन भट्टराईले बधाई दिनुभएको छ । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले एमालेका नेता भट्टराईलाई ३ हजार ४ सय ११ मत अन्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो ।
गगन थापाले २१ हजार ५ सय ५१ मत ल्याउनु भएको थियो भने राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्यानुभएको थियो । गगन थापा विजयी भएपछि एमालेका नेता भट्टराईले उहाँ लाई गगन भएको ठाउँमा भेटेर नै बधाई तथा शुभकामना दिनुभएको हो । काठमाडौँ क्षेत्र न. ४ मा मतगणनाको क्रममा सुरुमा तीब्र प्रतिष्पर्धा देखिए पनि अन्तत, गगन थापाले सम्मानजनक मतान्तरले नै विजयी हुनु भएको हो।
राजनले गगन लाई बधाई दिए Reviewed by admin on December 08, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.