रुपेन्देहीमा एक पुरुषको हत्या
रुपन्देही, पुस ८ – बुटवलमा एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१० का ३९ वर्षका धुमे गिरीको धारिलो हतियार प्रहार गरी शुक्रबार राति हत्या भएको हो । गिरीको शव हत्या गरी फालिएको अवस्थामा कालिकाचोक नजिकै बाटोको बिचमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बुटवल–११ का ३८ वर्षका संजय नेपालीलाई पक्राउ गरेको छ । शुक्रबार बेलुका नेपाली र गिरीबिच झगडा भएको थियो । बेलुका झगडा भएको र बिहान गिरीको शव भेटिएकाले अनुसन्धानका लागि नेपालीलाई पक्राउ गरिउको प्रहरीले बताएको छ ।
रुपेन्देहीमा एक पुरुषको हत्या
Reviewed by admin
on
December 22, 2017
Rating:
Reviewed by admin
on
December 22, 2017
Rating:

No comments: