प्रधानमन्त्री देउवाले मतदातालाई गरे प्रश्न
भीमदत्तनगर- प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उनले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै "लोकतन्त्र रोज्ने की अधिनायकवाद" भनेर मतदातासँग प्रश्न गरे।
प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गरे। 'काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्,' उनले भने, 'संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक छ ।' प्रधानमन्त्री देउवाले 'यसअघिको चुनावमा कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस जितेकाले यहाँ विकासको खोलो बगेको छ,' भन्दै 'यहाँका जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई पनि मूलधारमा ल्याउन जरुरी छ,' बताए। साभार।

Reviewed by admin
on
December 02, 2017
Rating:
Reviewed by admin
on
December 02, 2017
Rating:

No comments: