Top Ad unit 728 × 90

Flash News

news;Election;politics

शेखर कोइरालाले मतदान गरेपछि के भने?


विराटनगर, २१ मंसिर:  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । अाज बिहान विराटनगरको आदर्श मा वि केन्द्रमा मतदान गरि सकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिएका हुन् ।  । उनले अधिनायकवाद नेपालमा सम्भव नभएको समेत ठोकुवा  गरेका छन् ।

कोइरालाले भनेका छन् ,“हाम्रो देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन सक्दैन, किनकी लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन ।’
दोस्रो चरणको चुनाब अन्तर्गत आज ४५ जिल्लामा मतदान भइरहेको छ। पहिलो र दोस्रो चरणको चुनावका सबै  मतगणना आज बेलुकाबाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। ४-५ दिनमा प्रत्यक्ष्य तर्फको नतिजा आउने कार्यालयले जनाएको छ।
शेखर कोइरालाले मतदान गरेपछि के भने? Reviewed by admin on December 06, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.