एमाले अध्यक्ष केपी ओलीले आफैलाई भोट हाल्न पाएनन्
झापा क्षेत्र न. ५ का बाम उम्मेदवार तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैलाई भोट हाल्न बाट बन्चित भएका छन्। झापा बाट उठेपनि, मतदाता नामावली भक्तपुर को रहेपछि उनले आफुलाई भोट हाल्न बन्चित भएका हुन्।
ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मत हाल्नुु हुनेछ । राजनीतिक थलो झापा भए पनि उहाँले भक्तपुरबाट मतदान गर्दैै हुनुहुन्छ । उहाँ झापाका उम्मेदवार भए पनि भक्तपुरबाटै भोट हाल्ने भएकाले उहाँले आफैलाई भोट हाल्न पाउनुहुने छैन् ।
झापा क्षेत्र न. ५ मा ओली सँगै नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारी , सत्यदेव यादव (संघीय समाजवादी फोरम नेपाल), प्रकाश गौतम (विवेकशील साझा पार्टी), चेतनाथ थापा (एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)), वासु देव दुलाल (देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल) , भेषराज भट्टराई (नयाँ शक्ति पार्टी, नेपाल), घनश्याम गुरागाई (नेकपा (माले)), सानबहादुर मेचे (मंगोल नेशनल अर्गनाइजेसन), पदमबहादुर जवेगु (राष्ट्रिय जनमुक्ति पार्टी), भानुभक्त भट्टराई (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), ईन्द्र प्रसाद न्यौपाने (स्वतन्त्र), प्रेमबहादुर खडका (स्वतन्त्र), इन्द्र राज अधिकारी (स्वतन्त्र) गरि करिब १४ जना प्रतिनिधि सभाको लागि प्रतिष्पर्धामा छन्।
एमाले अध्यक्ष केपी ओलीले आफैलाई भोट हाल्न पाएनन्
Reviewed by admin
on
December 06, 2017
Rating:
Reviewed by admin
on
December 06, 2017
Rating:

No comments: