प्रजातन्त्रलाई भोट हालेँ : राष्ट्रकवि घिमिरे
काठमाडौँ, मंसिर २१ – राष्ट्रकवि माधवप्रसाद घिमिरेले नयाँ संविधान कार्यान्वनका लागि महत्वपूर्ण रहेको यो चुनावमा भोट हाल्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभएको छ । २०१५ सालमा पहिलोपटक मतदान गरेका घिमिरे ९९ वर्षको हुनुभयो । आफुले प्रजातन्त्रलाई भोट हालेको पनि उहाँले बताउनुभयो । ‘पहिला भन्दा यस पालीको मतदान फरक भयो, अरु बेला लाइनमा बस्नु पर्ने भएपनि अहिले सबैले बाटो छोडिदिनुभयो’ उज्यालो संग कुरा गर्दै उहाँले भन्नुभयो यो चुनावपछि देशले अब उज्यालोको बाटो पछ्याउँछ भन्ने आशा छ ।
‘नेपालसँगै स्वतन्त्र भएका देशहरु कहाँ बाट कहाँ पुगिसके, नेपाल यतै रुमलिएको छ ।’ उहाँले भन्नुभयो, ‘अहिले धेरै पार्टिहरु मिलेर एकसाथ लागि परेकोले परिवर्तनको आशा गर्न सकिन्छ ।’ उहाँले प्रजातन्त्रको स्थायित्वको लागि सबै दल लागि परुन् भन्ने अपेक्षा पनि व्यक्त गर्नुभयो । उहाँले दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौ, लैनचौरको कन्या मावि मतदान केन्द्र ‘क’ मा पुगेर मतदान गर्नुभएको हो । उहाँ मतदानका लागि श्रीमती र छोरासहित मतदान केन्द्रमा पुग्नुभएको थियो । उज्यालो समाचारबाट
प्रजातन्त्रलाई भोट हालेँ : राष्ट्रकवि घिमिरे
Reviewed by admin
on
December 07, 2017
Rating:
No comments: