Top Ad unit 728 × 90

Flash News

news;Election;politics

उमेरसमुहको सेमीफाइनल खेलमा नेपालको शानदार जित | फाइनल खेल भोली


काठमाडौं, पुष १– नेपालको  १६ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  थाइल्यान्डमा जारी प्रतियोगितामा आज टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल फाइनल प्रवेश गरेको हो। ब्याटिङमा मध्यम स्कोर बनाएको नेपालले बलिङमा चम्केपछि मलेसिया विरुद्ध ७२ रनले विजयी भएको हो ।

मलेसियालाई सस्तैमा सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए ।त्यस्तै अजय कुमार लोनिया र कुशल मल्लले पनि १-१ विकेट लिए् । मलेसियाका १ खेलाडी भने रन आउट भएका थिए।  पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन मात्र बनाएको थियो । 

नेपालका लागि प्रतिश जिसिले २५ रन, नारायण जोशीले १७ रन, सुनिल भण्डारीले पनि १७ रन, विशाल विक्रम केशीले १५ रन, तृत राज दाशले १३, राजन मगर र ऋत गौतमले ११ रन बनाएका थिए। कुनै पनि ब्याट्समेनले ठुलो स्कोर बनाउन नसकेपनि,उत्कृष्ट बलिङबाट खेल भने नेपालले सजिल्यै आफ्नो पक्षमा ल्याएको थियो। नेपालले अब फाइनल खेल भोली सिंगापुरसँग खेल्नेछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। 
उमेरसमुहको सेमीफाइनल खेलमा नेपालको शानदार जित | फाइनल खेल भोली Reviewed by admin on December 16, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.