प्रदेशसभा समानुपातिकको नतिजा सार्बजनिक | कुन दलले कति सिट पाए? हेर्नुहोस्
काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सातवटै प्रदेशमा दलहरुले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत एवम् आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले सिटका आधारमा समानुपातिकतर्फको कुल २ सय २० सिटमध्ये नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टी नेपाल १२, राष्ट्रिय प्रजातन्त्र पार्टी ३, विवेकशिल साझा पार्टी ३, नयाँ शक्ति पार्टी नेपाल १, राष्ट्रिय जनमोर्चा २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, नेपाल संघीय समाजवादी पार्टी १, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले १ सिट प्रप्त गरेका छन ।
प्रदेश नम्बर १ मा नेकपा एमाले १५, नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम २, राष्ट्रिय प्रजातन्त्र पार्टी १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेको छ ।
प्रदेश नम्बर २ मा नेकपा एमाले ७, नेपाली काँग्रेस ११, नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम ९, राष्ट्रिय जनता पार्टी १०, नेपाल संघीय समाजवादी पार्टीले १ सिट प्रप्त गरेको छ ।
प्रदेश नम्बर ३ मा नेकपा एमाले १६, नेपाली काँग्रेस १४, नेकपा माओवादी केन्द्र ८, विवेकशिल साझा पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकले १ सिट प्राप्त गरेको छ ।
यसै गरी प्रदेश नम्बर ४ मा नेकपा एमाले १०, नेपाली काँग्रेस ९, नेकपा माओवादी केन्द्र ३, नयाँ शक्ति पार्टी १, राष्ट्रिय जनमोर्चाले १ सिट प्राप्त गरेको छ ।
प्रदेश नम्बर ५ मा नेकपा एमाले १३ नेपाली काँग्रेस १२, नेकपा माओवादी केन्द्र ६, संघीय समाजवादी फोरम २, राष्ट्रिय जनता पार्टी नेपाल १, राष्ट्रिय जनमोर्चाले १ सिट प्रप्त गरेको छ ।
प्रदेश नम्बर ६ मा नेकपा एमाले ६, नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्र ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट प्रप्त गरेको छ ।
प्रदेश नम्बर ७ मा नेकपा एमाले ८ नेपाली काँग्रेस ८, नेकपा माओवादी केन्द्र ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट प्राप्त गरेको छ ।
सिट प्राप्त गर्ने दलहरुलाई क्लस्टर अनुसारको बन्द सूचीमा समावेश भएको नामबाट आयोगमा नाम पठाउन दलहरुलाई आजै पत्राचार गरिएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ सबै मत गणना भइसकेको र टेबुलेशन गर्ने कार्य भइरहेकाले छिटटै दलहरुले प्राप्त गर्ने सिट संख्या सार्वजनिक गर्ने आयोगले जनाएको छ । समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो ।
प्रदेशसभा समानुपातिकको नतिजा सार्बजनिक | कुन दलले कति सिट पाए? हेर्नुहोस्
Reviewed by admin
on
December 22, 2017
Rating:
Reviewed by admin
on
December 22, 2017
Rating:

No comments: