Top Ad unit 728 × 90

Flash News

news;Election;politics

पारसको टिम विराटनगरले मेहबुबको टिम ललितपुर लाई हरायो


काठमाडौं, पुस ४ –विराटनगर वारियर्सले इपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ। विराटनगरले ललितपुर प्याट्रिएट्सलाई ६ रनले हराएको हो । विराटनगरले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको ललितपुर प्याट्रियोट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा १९ रन चाहिएकोमा ललितपुरले १२ रन मात्रै बनायो ।   अन्तिम बलमा

मेहबुब आलमले छक्का हाने  पनि त्यो खेल जिताउन पर्याप्त भएन । ललितपुरका पवन सर्राफले ५१ रन बनाए भने कुशल भुर्तेल २० र मेहबुब आलम १३ रनमा नटआउट रहे ।   विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिए । पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । उसका लागि अनिल शाहले ४७, कप्तान पारस खड्काले ३८ र हङकङका बाबर हायातले ३४ रनको योगदान दिए ।  विराटनगरले बनाएको स्कोर इपिएल क्रिकेटको यो संस्करणमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो स्कोर हो । 
पारसको टिम विराटनगरले मेहबुबको टिम ललितपुर लाई हरायो Reviewed by admin on December 19, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.