Top Ad unit 728 × 90

Flash News

news;Election;politics

नेपाली नायिकाको स्कुटर दुर्घटनामा दु:खद् निधन


काठमाडौँ: बुधबार राजधानीको बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको छ । बत्तीसपुतलीमा बा२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थापा स्टेज नृत्याङक र मोडलिङ्गका लागि चलेकी कलाकार थिइन् । उनी रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिइन् । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदैछ । पिरतीको डोरी,शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी छिन् । उनले 'उर्वशी', 'डिभोर्स' लगायतका फिल्ममा नि खेलेकी थिइन् भने 'पिँजडा ब्याक अगेन' चैँ प्रदर्शनको क्रममा रहेको छ।
नेपाली नायिकाको स्कुटर दुर्घटनामा दु:खद् निधन Reviewed by admin on December 27, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.