Top Ad unit 728 × 90

Flash News

news;Election;politics

उमेर समुहको महिला साफ च्याम्पियनसिपमा नेपालले खायो १० गोल | नेपाल भर्सेस भारत


पुस ३ –लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै बंगलादेशमा जारी साफ यु १५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ ।  मंगलबार भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो । पहिलो खेलमा आइतबार नेपाल बंगलादेशसँग ६–० ले पराजित भएको थियो । 

भारत र बंगलादेश लिग राउन्डको एक खेलअघि नै फाइनल पुगेका छन् । आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो । भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।   समान २ खेल जितेका बंगलादेश र भारत फाइनल प्रवेश गर्दा दुवै खेल हारेका नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका छन् ।  लिग राउन्डको अन्तिम दिन बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ भने अर्को खेल भारत र बंगलादेशबीच हुनेछ । 
उमेर समुहको महिला साफ च्याम्पियनसिपमा नेपालले खायो १० गोल | नेपाल भर्सेस भारत Reviewed by admin on December 19, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.