कसरी घटना भएको थियो ? गगन र उनका सहयोगीले घटनाबारे बताए
नेपाली काङ्ग्रेसका केन्द्रिय नेता एबम् काठमाडौँ क्षेत्र ४ का उम्मेदवार, युवा नेता गगन थापा माथि बम आक्रमण भएको छ। आक्रमणबाट नेता थापा सहित करिब ११ जना घाइते भएका छन्। कान र टाउकोमा सामान्य चोट लागेका थापाले "आफुलाई सुनुयोजित र योजना बद्ध ढँगले आक्रमण भएको" बताएका छन् । निर्बाचन गतिविधि नरोक्न समेत उनले आफ्ना कार्यकर्ता र शुभेक्क्षुकलाई आग्रह गरेका छन्।थापालाई अहिले डिस्चार्ज गरिएको छ।
काँग्रेस नेता गगन थापाका सहयोगी सविन मुडभरिले घटना बारे बताउँदै :
"करिब एक महिनादेखि चल्दै आएको निर्वाचन कार्यक्रम अन्तिमतिर अाइपुग्दा सोमबार बिहान बुढानिलकण्ठ नगरपालिका दुई नम्बर वडामा घरदैली गर्ने कार्यक्रम तय भएको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार हामी सबै बिहानैदेखि बुढानिलकण्ठको चपली क्षेत्रमा थियौं। गगन दाईको घरदैलोमा नेपाली काँग्रेसका स्थानीय कार्यकताहरु पनि सहभागी हुनुहुन्थ्यो। गगन दाई छिटो छिटो हिँड्नु भएकाले उहाँ क्रस हुनुभयो। तर बम उहाँलाई नै ताकेर हानिएको थियो। धन्न बमले सिधै लागेन। बमको छर्राले उहाँलाई पनि लाग्यो। उहाँ पनि घाइते हुनुभएको छ।
मध्यान्ह १२ बजेको हुँदो हो हामी चपलीको माटो कोलनलीतर्फ बढ्दै थियौं। गगन दाई अघि अघि हुनुहुन्थ्यो। त्यति बेलै उहाँलाई नै ताकेर बम प्रहार भयो। एक्कासि विस्फोट हुँदा के भयो कसो भयो सोच्नै पाइनँ। मैले त्यस्तो अनुभव यसअघि कहिलै गरेको थिइनँ। गगन दाई छिटो छिटो हिँड्नु भएकाले उहाँ क्रस हुनुभयो। तर बम उहाँलाई नै ताकेर हानिएको थियो। धन्न बमले सिधै लागेन। बमको छर्राले उहाँलाई पनि लाग्यो। उहाँ पनि घाइते हुनुभएको छ। अन्य पाँच-छ जना घाइते हुनुभएको छ। मैले पाँच जनालाई समातेर गाडीमा हालेँ र टिचिङ अस्पतालतर्फ ल्याएँ। उहाँहरुको नाम के के हो मलाई थाहा छैन तर उहाँहरु गगन दाईसँगै घरदैलोमा हिँड्ने कार्यकर्ताहरु हुनुहुन्छ। सबै घाइतेहरुको अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ।"
कसरी घटना भएको थियो ? गगन र उनका सहयोगीले घटनाबारे बताए
Reviewed by admin
on
December 04, 2017
Rating:
Reviewed by admin
on
December 04, 2017
Rating:





No comments: