ढुङ्गामा हान्दा मुटु नै दुख्ने अद्भुत शक्ति भएको गुफा भेटियो
पुस ५ –बैतडीमा अद्भुत गुफा भेटिएको छ । बैतडीको सिगास गाउँपालिका –१, गाँजरी नजिक गिवाडी खोलामा घर बनाउन ढुंगा निकाल्दा गुफा भेटिएको हो ।स्थानीय बासिन्दा उज्वलराम विश्वकर्माले घर बनाउन ढुंगा निकाल्दा गुफा भेटिएको हो । अहिले गुफा हेर्नेको घुइँचो लागेको छ । गुफाभित्र पौराणिक मुर्तिहरु फेला परेका छन् ।
गुफाभित्र गणेशको, हात्ती र शंखको मुर्ति भेटिएको गाँजरी प्रहरी चौकीका इन्चार्ज जनकसिंह धामीले बताउनुभयो। विश्वकर्माले मंसिर ८ गते घरका लागि ढुंगा फुटाउन खोज्दा घन उछिट्टिएर खुट्टामा बजारिए पनि केही चोट नलागेको बताउनुभयो । पछि त्यो ढुंगा छोडेर तलतिरबाट ढुंगा निकाल्न खोज्दा जतिपटक सब्बल हान्यो त्यती पटक जोरले मुटु दुखेको उज्वलको भनाई छ ।
मुश्किलले एउटा ढुंगा निस्केपछि त्यो ठाउँमा गुफा र मुर्ति भेटिएपछि ढुंगा निकाल्न छोडेको उज्वलले बताउनुभयो । गुफा रहेको क्षेत्रमा राती बत्ती बल्ने गरेको बुढापाकाहरुको भनाइ छ । सिगासधामको नामबाट नामाकरण गरिएको सिगास गाउँपालिकामा फेला परेको गुफाका बारेमा स्थानीयवासी चकित परेका छन् । सिगास गाउँपालिका धार्मीक क्षेत्रमा पर्ने भएकोले गुफा र मुर्तिको संरक्षण गर्नुपर्ने पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटले बताउनुभयो । स्रोत: उज्यालो
ढुङ्गामा हान्दा मुटु नै दुख्ने अद्भुत शक्ति भएको गुफा भेटियो
Reviewed by admin
on
December 20, 2017
Rating:
Reviewed by admin
on
December 20, 2017
Rating:

No comments: