पारस खड्काको टिम विराटनगर फाइनल प्रवेश | शरदको टिम दोस्रो पटक पराजित
काठमाडौं, पुस १२ –विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो प्ले अफमा भैरहवा ग्लाडियटर्सलाई ८ विकेटले हराउँदै विराटनगर फाइनलमा पुगेको हो । किर्तिपुरमा पहिले ब्याटिङ गरेको भैरहवाले ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । १ सय २८ रनको लक्ष्य विराटनगरले १८ बल बाँकी छँदै जम्मा २ विकेट गुमाएर भेट्टायो ।
विरानगरको जितमा हङकङका खेलाडी वावर हायथले ६२ र कप्तान पारस खड्काले ४२ रन बनाए । यस्तै, अंशुमन रथले २६ रन बनाउँदा आशिफ शेख भने शुन्य रनमा आउट भए । यसअघि भैरहवालाई १ सय २७ रनमै समेट्न विराटनगरका करण केसी र श्रीलंकाली खेलाडी शाहन अदिशाले २/२ विकेट लिए भने बसन्त रेग्मी, अविनाश कर्ण र पारस खड्काले १/१ विकेट लिए । भैरहवाका लागि पुिनत मिश्रले ४९ र आरिफ शेखले ४६ रन बनाए ।
विराटनगरसँग हारेको भैरहवाले फाइनल प्रवेशको लागि अर्को मौका पाउनेछ । भैरहवाले आजको दोस्रो खेल जित्ने ललितपुर र पोखरा राइनोजबीचको विजेतासँग खेल्नेछ ।
पारस खड्काको टिम विराटनगर फाइनल प्रवेश | शरदको टिम दोस्रो पटक पराजित
Reviewed by admin
on
December 27, 2017
Rating:
Reviewed by admin
on
December 27, 2017
Rating:

No comments: