इपिएलमा अपराजित विराटनगर प्लेअफमा | भैरहवाको अपराजित यात्रा मा ब्रेक लाग्यो
काठमाडौं, पुस ८ – एभरेष्ट प्रिमियर लिग टिट्वान्टी क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ । पारसको टिम विराटनगरले शरदको टिम भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवालाई १८ ओभर ३ बलमा १ सय १४ रनमा अलआउट भएपछि विराटनगर ३५ रनले विजयी भएको हो। विराटनगरको यो लगातार चौथो जित हो । तालिकामा विराटनगर शिर्ष स्थानमा यथावत छ।
भैरहवालाई हराउन अविनाश कर्णले ४ र वसन्त रेग्मीले ३ विकेट लिए । यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि हङकङका खेलाडी अंशुमन रथले ५७ र बाबर हायातले ३6 रन बनाए । त्यस्तै कप्तान पारस खड्काले १५ र प्रनित थापामगरले १४ रनको योगदान गरे । करण केसी ११ रनमा नटआउट रहे ।
भैरहवाका लागि हरिशंकर साहले ३ र आरिफ शेखले २ विकेट लिए । विराटनगरबाट खेलिरहेका हङकङका खेलाडी यो प्रतियोगितामै सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्षस्थानमा छन् । हङकङका खेलाडी बावर हायत यो प्रतियोगितामा १ सय ७३ रन बनाएर धेरै रन बनाउने खेलाडीको शीर्षस्थानमा छन भने हङकङकै अर्का खेलाडी अंशुमन रथ १ सय ७२ रन सहित दोस्रो स्थानमा छन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ । ४ खेलबाट विराटनगरको ८ अँक भएको छ । भैरहवाको भने यो पहिलो हार हो। यसअघि दुबै खेल जितेको शरद भेष्वाकरको भैरहवा टिममा प्लेअफमा पुग्ने सम्भावना भने कायम नै रहेको छ।
इपिएलमा अपराजित विराटनगर प्लेअफमा | भैरहवाको अपराजित यात्रा मा ब्रेक लाग्यो
Reviewed by admin
on
December 22, 2017
Rating:
Reviewed by admin
on
December 22, 2017
Rating:

No comments: