१६ बर्षमुनिकोको क्रिकेटको उपाधि नेपाललाई
थाइल्यान्डमा जारी १६ बर्ष उमेरसमुहको एसिसी पुर्वी एसिया क्रिकेट प्रतियोगिताको उपाधि कुनै पनि खेलमा अपराजित रहँदै नेपालले जितेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट ग्राउन्डमा आज भएको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हात पारेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेटको नोक्सानमा १८३ रन बनाएको थियो। जवाफमा सिङ्गापुरले ३१.५ ओभरमा पुरै विकेट गुमाएर मात्र ११२ रनमा समेटियो।
पहिलो ब्याटिङ गरेको नेपालको लागि बिशाल बिक्रम के सी ले सर्बाधिक ६३ रन बनाए। नारायण जोशीले नट आउट ४६ रन र प्रतिस जिसीले नट आउट १० रन ,त्यस्तै सुवाश आयर ले २२ रन र तृत राज दासले १९ रन बनाए। १८४ रनको लक्ष्य पछ्याएको सिङ्गापुर भने ११२ रनमा अल आउट भयो। सिङ्गापुरलाई सस्तै रनमा समेट्न नेपालका लागि सुर्य तामाङ र अजय कुमार लोनियाले समान ३-३ विकेट लिए। त्यस्तै नारायण जोशी र कुशल मल्लले पनि १-१ विकेट लिए। २ जना ब्याट्समेन भने रन आउट भएका थिए।
८ राष्ट्र सम्मिलित टिममा नेपाल पहिलो, सिङ्गापुर दोस्रो, हङकङ तेस्रो र मलेसिया चौथो भएका छन्। तृत राज दास बेस्ट ब्याट्समेन अफ टुर्नामेन्ट बनेका छन् । उनले प्रतियोगिता भर १६२ रन बनाएका छन् । उनले नेपालकै अर्का ब्याट्समेन बिशाल बिक्रम केसी(१३६ रन) लाई पछि पारेका हुन्। बलिङमा भने नेपालका नारायण जोशी (११ विकेट) लाई पछि पार्दै मलेसियाका मोहमम्द अफिक १२ विकेटले बेस्ट बलर अफ टुर्नामेन्ट बनेका छन्।
१६ बर्षमुनिकोको क्रिकेटको उपाधि नेपाललाई
Reviewed by admin
on
December 17, 2017
Rating:
Reviewed by admin
on
December 17, 2017
Rating:

No comments: