Top Ad unit 728 × 90

Flash News

news;Election;politics

नेपाल र युएई भिड्दै | ज्ञानेन्द्र मल्लको अर्धशतक

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका अन्तिम खेलहरु अन्तर्गतको युएई सँगको पहिलो खेलमा नेपालले युएई को सामना गरिरहेको  छ। घरेलु टिम युएईले आभु दावी मा टस जितेर पहिले फिल्डिङ् रोजे पछि नेपालले पहिले ब्याटिङ गरेको हो। नेपालले सामान्य ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म नेपालले ५ विकेटको नोक्सानीमा १३७ रन बनाउन ४० ओभर खर्च गरेको छ।

१४.५ ओभरमा नेपालले ४३ रन हुँदा दिलिप नाथलाई पहिलो विकेटको रुपमा गुमायो। उनले ३९ बलमा १६ रन बनाए र अहमद राजाको बलमा बोल्ड भए। त्यसपछी शरद भेस्वाकर ब्याटिङमा आए।  ज्ञानेन्द्र मल्लले ८३ बलमा ५४ रनको पाली खेले। रोहन मुस्ताफाको एल बि डब्लु धरापमा पर्नु अघि उनेले ६ चौका को मद्दतले उक्त रन बनाएका हुन् ।  पारस खड्का र शरद भेष्वाकरको जोडी धेरै बेर टिक्न सकेन। कप्तान पारसले ३६ बलामा ४ चौका हान्दै २० रन बनाए पछि क्याच आउट भए। जाहुरखानको बलमा अहमद राजाले सजिलै क्याच गरेका थिए। पारस आउट भए पछि  आएका आरिफ शिख पनि शुन्य रनमा आउट भए। बिनोद भण्डारी पनि ४ रनमा पेभिलियन फर्के।

अहिले नेपालको इनिङ्ग्स शरद र सोमपालको जोडीले सम्हालिरहेको छ। विश्व क्रिकेट लिगमा नेपाल र युएई यस अघि नै डिभिजन २ मा घटुवा भइसकेका छन्। ८ देश सम्मिलित प्रतियोगितामा प्रत्येकले २-२ पटक खेल्ने प्रावधान रहेको थियो। शिर्ष ४ ले सिधै विश्वकप छनोट खेल्ने पाउने र एकदिवसीय मान्यता पाउनेछन् भने पुछारका ४ ले डिभिजन ३ बाट २मा आएका २ टिम गरि ६ टिम सँग फेरि लिग खेल्ने छन्, सो प्रतियोगितामा शिर्ष २ ले फेरि विश्वकप छनोट खेल्न पाउनेछन्। नेपाल र युएईले शिर्ष ४ पुग्ने सम्भावना गुमाइसकेको छ । यि दुई बिचको अर्को तथा अन्तिम  खेल पर्सी हुनेछ। नेपालको १२ खेलबाट ९ अँक छ भने, युएईको उतिनै खेलबाट ६ अँक रहेको छ।
नेपाल र युएई भिड्दै | ज्ञानेन्द्र मल्लको अर्धशतक Reviewed by admin on December 06, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.