Top Ad unit 728 × 90

Flash News

news;Election;politics

२ छोरी भुकम्पमा परे, अर्की छोरी विदेशमै हराई श्रीमति नि विदेश गएसी बिर्सिईन : टुक्लु तामाङ को भनाई


पुस १८ - ‘मलाई त पीडामाथि पीडा छ के के सुनाउँ ।’  टुल्कु तामाङ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ का टुल्कु तामाङको परिवारमा ७ जना थिए । तीन जना छोरी अनि दुई जना छोरासहित । अहिले उहाँसँग दुई जना छोरा मात्रै छन् ।

‘दुइटी छोरी भुइँचालोले लग्यो, एउटी विदेशमै हराई’ टुल्कुले भन्नुभयो । टुल्कुकी छोरी सम्झना दुवई गएको ७ वर्ष पुग्यो । पोहोरसम्म छोरीले घरमा सम्झनाले फोन गर्दै थिइन् । तर सम्पर्कविहिन भएको एक वर्ष भयो । सम्झना २०६८ तिर काठमाडौं जोरपाटीकी विमला श्रेष्ठ मार्फत जानुभएको हो । दुवई गएकी छोरी सँग टुल्कुले कुरा गर्नु पाउनु भएको छैन । आमा हुँदा आमालाई फोन गर्थिन छोरीले । अहिले टुल्कुसँग न श्रीमती  छिन् न छोरी सम्पर्कमा छिन् । छोरी गएको १ वर्षपछि टुल्कुकी श्रीमती पनि कुवेत गइन् । विदेश गएकी श्रीमतीले पनि टुल्कुलाई वास्ता गरिनन् ।

‘गाउँमा अरुलाई त फोन गर्दि रैछिन् तर मलाई चाहिँ फोन गरेको छैन ।’ टुल्कुले भन्नुभयो । छोरी सम्पर्क विहिन् अनि श्रीमतीले वास्ता नगरेपछि एक्लै भएका टुल्कुलाई २०७२ वैशाखको भुकम्पले कहिल्यै बिर्सिन नसक्ने पीडा दियो । भुकम्पमा परी उहाँका दुई छोरी सोममाया र सानुमायाको ज्यान गयो । भुकम्प पछि टुल्कुकी श्रीमती एकपटक घर आएकी थिइन् ।

तर चार महिना बसेर फर्किन् । त्यसपछि न श्रीमतीको फोन आएको छ न त छोरीको नै । एक वर्ष अघिसम्म सम्झनाले कुवेतमा भएकी आमालाई फोन गर्नुुहुन्थ्यो । एक वर्ष अघि त फोटो र भाइ बहिनीका लागि लुगा पनि पठाइदिनुभएको थियो । फेसबुकमा गाउँबाट विदेश जानेहरुसँग कुरा भइरहन्थ्यो । तर उहाँले अहिले आमालाई फोन गर्नुभएको छैन। गाउँका साथीहरुलाई पनि फेसबुकमा ब्लक गर्नुभएको छ । त्यसैले अहिले सम्झना कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कसैले पत्तो लगाउन सकेका छैनन् । टुल्कुले भन्नुभयो 'आफूलाई नसम्झिएपनि कक्षा ४ र ७ मा पढ्दै गरेका भाइहरुलाई सम्झिएर फर्किन आग्रह गर्छु' । ‘आमाले त बिर्सियो बिर्सियो छोरीलाई त मुख देख्न पाउथें कि ।’ टुल्कुले आशासहित आग्रह गर्नुभयो ।



२ छोरी भुकम्पमा परे, अर्की छोरी विदेशमै हराई श्रीमति नि विदेश गएसी बिर्सिईन : टुक्लु तामाङ को भनाई Reviewed by admin on January 01, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.