Top Ad unit 728 × 90

Flash News

news;Election;politics

बरु म पार्टीको चुनाव लड्दिन तर काङ्ग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्छु-गगन थापा


काठमाडौं:  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता गगन थापाले निर्वाचनमा कांग्रेसले व्यहोरेको हारको जिम्मेवारी लिनबाट नेतृत्व पछि हट्न नहुने बताएका छन् । कान्तिपुर टेलिभिजनको फायर साइडमा कुराकानी गर्दै थापाले नेतृत्वको दादागिरिका कारण जनताले कांग्रेसलाई पाठ सिकाएको बताउनुभयो ।

पार्टीको सांगठनिक संरचनालाई छलेर निर्णय गर्ने तथा भ्रातृ संस्थालाई कमजोर बनाउने खेल नै हारको कारण भएको थापाको दावी छ ।  निर्वाचनको हारका बारेमा सभापति देउवाले चुनाव हार्नेहरुले नेतृत्वलाई गाली गरेको भन्दै अनुशासनहीलाई कारवाही गर्ने चेतावनी दिएको सन्दर्भमा थापाले नेतृत्वको अभिव्यक्ति गम्भीर रहेको बताए । उनले निरंकुश व्यवहार र बोली नेतृत्वले प्रस्तुत गर्न आवश्यक नरहेको बताए ।

पार्टी रुपान्तपरण आवश्यक भएपनि नेतृत्वले तत्काल बाटो खाली गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सभापति शेरबहादुर देउवाप्रति ईंगित गर्दै थापाले निर्वाचनमा हार व्यहोरेकै कारण नेतृत्व छोड भनेर भन्ने अवस्था नरहेको बताए । ‘तपाईहरुका कारण चुनाव हारियो अब छाड्नुस भनेर युवाले माग्ने होइन । पार्टीका लागि नेतृत्वले गरेको योगदानको सम्मान गर्दै अबको पुस्तालाई हस्तान्तरण गर्न उत्प्रेरित गर्नुपर्छ । ’, थापाले भने ।

 महासमिति बैठकबाट विधान संशोधन गरेपछि महाधिवेशन बोलाएर मात्रै नेतृत्व परिवर्तन गर्नुपर्ने थापाको भनाई छ । उनले नेतृत्व परिवर्तनको विकल्प नभएको बताए ।    पार्टीभित्र प्रभावशाली रहेका पाका नेताहरुले कांग्रेसको ईतिहासमा महत्वपूर्ण योगदान रहेको र अब भने अभिभावकीय भूमिकामा बस्नुपर्ने थापाको भनाई छ । सातवटै प्रदेशमा गएर कांग्रेस सुधारको अभियान सञ्चालन गर्ने र कांग्रेस बलियो बनाउन सक्रिय हुने उनले बताए । अबको ५ वर्ष आफूलाए सांसदभन्दा अर्को पद नचाहिने भन्दै थापाले पार्टीको चुनाव जस जसले लडेपनि आफू कांग्रेस बलियो बनाउन लागिपर्ने बताए ।
बरु म पार्टीको चुनाव लड्दिन तर काङ्ग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्छु-गगन थापा Reviewed by admin on January 02, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.