Top Ad unit 728 × 90

Flash News

news;Election;politics

एड्स के हो ? कसरी सर्छ ? रोकथामका उपायहरु!


एड्स (English: Acquired Immune Deficiency Syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा 'एच‍‍.आइ.भी' पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरि शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।

  • अक्वायर्ड (Acquired) भनेको स्वास्थ्य व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्तिसँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ । 
  • इम्मयुन वा इम्मयुनो (Immune or Immuno) प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको संक्रामक रोगसँग लड्ने हिस्सा हो । 
  • डिफिसेन्सी (Deficiency) को मतलब कमी हुन्छ। 
  • इम्मयुन डिफिसेन्सी (immune deficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नु हो जसका कारण विभिन्न थरीका रोगहरू लाग्न थाल्छन् । 
  • सिन्ड्रम (Syndrome) भनेको रोगहरुको लक्षण देखिने अवस्था हो ।
तथ्याङ्कमा एड्स
सन् २००४ सम्म लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको छ । यी मानिसहरूमा लगभग ५००,०००को संख्या बालबालिकाहरुको थियो। सन् २००४ सम्म विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूमा एचआईभी संक्रमण थियो ।  विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू अफ्रिकामा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।  धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरुलाई आफ्नो संक्पीरमण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ ।

लक्षणहरु
एड्सका लक्षणहरु निम्न प्रकारका छन्:-
  • ज्वरो आउनु 
  • पखाला लाग्नु 
  • वजन घट्नु 
  • कुपोषणका लक्षणहरू देखिनु 
  • छालाका विभिन्न समस्या आउनु 
  • मुख तथा घाँटीमा काई (सेतो) आउनु 
  • दाँत वा गिजाका समस्याहरू 
  • खोकी वा स्वास फेर्न गाह्रो हुनु 
  • चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि|
संक्रमणको कारणहरु: 
  • असुरक्षित यौन सम्पर्क र एचआईभीको संक्रमण एचआइभी संक्रमित रगतबाट
  • रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा 
  • सुई तथा सिरिन्जको साझा प्रयोगबाट 
  • संक्रमित आमाबाट बच्चामा
रोकथाम कसरी गर्ने 
 आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।  

बच्ने उपाय:
  •   सुरक्षित यौन व्यवहार अपनाउने 
  • सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने 
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने 
  • एचआइभी संक्रमित महिला गर्भवती नहुने 
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने 
  • आफ्नो यौनसाथीलाई पनि उपचार गराउने 
  • अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने 
  • रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने
यसरी सर्दैन एड्स  
  • लामखुट्टेले टोकेर 
  • एउटै भाँडामा खाना खाँदा 
  • हाछ्यूँ गर्दा, खोक्दा 
  • एउटै चर्पी प्रयोग गर्दा 
  • एउटै लुगाफाटो प्रयोग गर्दा 
  • चुम्बन गर्दा 
  • सँगै पौडी खेल्दा 
  • बिरामीको स्याहार-सुसार गर्दा 
  • परिवारमा सँगै बस्दा
दिवस: प्रत्येक बर्ष को डिसेम्बर १ लाई अन्तराष्ट्रिय एड्स दिवसको रुपमा मनाउँदै आइएको छ।







एड्स के हो ? कसरी सर्छ ? रोकथामका उपायहरु! Reviewed by admin on November 30, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.