भक्तपुर जिल्लाको लागि काङ्ग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक
भक्तपुर, मंसिर ४ - आउँदो मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले तयार पारेको भक्तपुर घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार लोकतान्त्रिक गठबन्धनको युवा परिचालन समितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणा पत्रमा भक्तपुर जिल्लाको समग्र विकासका लागि सडक विस्तार गर्ने, गाउँ गाउँमा पक्कि सडक निर्माण गर्ने, यातायातको पहुँच सबै क्षेत्रमा पुर्याउने, भक्तपुरलाई स्वास्थ्यको गन्तव्यको रुपमा विकास गर्ने, निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, मेलम्ची खानेपानीलाई भक्तपुरका सबै ठाउँमा पुर्याउने कुरा समावेश गरिएको छ ।
त्यसैगरि कृषिको प्रवद्र्धन गर्ने, खेतखेतमा सिँचाइको पहुँच पुर्याउने, बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउने, नयाँ उद्योगको विकास गरी रोजगारीको प्रवद्र्धन गर्ने, ईटा, बालुवा खानीको व्यबस्थापन गर्ने, कला, संस्कृतिको जगेर्ना गर्ने, विश्वसम्पदा सूचिमा रहेका सम्पदाको संरक्षण गर्ने, होमस्टे पर्यटनको विकास गर्ने, भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको व्यबस्था गर्ने, भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
युवाका लागि खेलकुदको विकास गर्ने, खेलकुद ग्रामको निर्माण गर्ने, महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको ९९ सय रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक ग्राम बनाउने, सूर्यविनायकमा बन्न लागेको चिडियाखानाको सम्पन्न गर्ने, अत्याधुनिक बसपार्क निर्माण गर्ने लगायतका कामहरुको प्रतिबद्धता घोषणा पत्रमा छ ।
कार्यक्रममा अध्यक्ष थापाले घोषणा पत्रमा उल्लेख भएका काम गर्न कांग्रेस सक्षम रहेको चर्चा गर्दै भ्रमको खेती गर्ने बामपन्थी गठबन्धनको उम्मेदवारलाई काँग्रेसले चुनावबाट परास्त गर्ने बताउनुभयो । त्यसअवसरमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, युवा परिचालन समितिका संयोजक अष्टकुमार कवेँ, घोषणा पत्र निर्माणका संयोजक किरण न्यौपाने, भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधीसभा तर्फका उम्मेदवार बाबुराजा जोशी, प्रदेश क का उम्मेदवार जीवन खत्री, ख का उम्मेदवार अनिल भुजु, डा. कोमल फूयाल लगायतले नेपाली काँग्रेसको जीत भक्तपुरमा सुनिश्चित रहेको दाबी गर्नुभयो । स्रोत: उज्यालोअनलाइ
न

Reviewed by admin
on
November 20, 2017
Rating:
Reviewed by admin
on
November 20, 2017
Rating:

No comments: