Top Ad unit 728 × 90

Flash News

news;Election;politics

कसले बाजी मार्ला बलिया प्रकाशमान लाई टक्कर दिदै रवीन्द्र र अनिल

  काठमाडौं— आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई निकै चासोका साथ हेरिएको छ । यसरी रोचक हुनुको कारण हो, पुस्तैनी कांग्रेसको राजनीति गर्दै आएका प्रकाशमानसँग लामो पत्रकारिता पेसा त्यागेर राजनीतिबाट देश बदल्ने अभियानमा लागेका रवीन्द्र मिश्र र बाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा उत्रिएका छन्। रवीन्द्र मिश्र राजनीतिलाई नजिकबाट अध्ययन गरेका व्यक्ति हुन्। नेपाली काँग्रेसका वरिष्ठ नेता गणेशमानसिंह श्रेष्ठमा पुत्र प्रकाशमानलाई राजनीतिको लामो अनुभव छ। त्यसैसगरी अनिल माओवादी केन्द्र विद्यार्थी नेता हुन्। मिश्रले लण्डन विश्वविद्यालय बेलायतबाट अन्र्तराष्ट्रिय राजनीतिमा स्नातकोत्तरसमेत गरेका छन्। पत्रकारितामा लामो समय बिताएका मिश्रले नेपाली राजनीतिको हरेक अंश केलाउन सक्षम छन्। वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा पहिलो पटक मैदानमा होमिएको साझा पार्टी र विवेकशील नेपाल मिलेर बनेको विवेकशील साझा पार्टीका उम्मेदवार मिश्र प्रत्येक मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन्। नेपालमा पुराना राजनीतिक दलहरुले देशलाई अस्थिरताबाट बाहिर ल्याउन नसक्ने भएकोले वैकल्पिक शक्तिको आवश्यकता अनुरुप विवेकशील साझा पार्टी स्थापना गरेको बताउने मिश्रले मुलुकलाई परिवर्तन गरी छाड्ने अठोटका साथ मैदान होमिएको बताउँदै आएका छन्।

स्थानीय निर्वाचन साझा पार्टीबाट मेयर पदका उम्मेदवार किशोर थापा र विवेकशीलकी मेयर उम्मेदवार रञ्जु दर्शनाले राम्रो मत पाएका थिए। त्यही मतका आधारमा विवेकशील साझा पार्टीले जनताले आफूलाई लोकप्रिय मत दिएको र जनताले विकल्पको खोजीमा आफूलाई रुचाइको भन्दै प्रचार गरिरहेको छ। काठमाडौंका सचेत मतदाता देशमा वर्षौदेखि सत्ता प्राप्तिका लागि मात्रै गरिएको राजनीतिले वाक्क भइसकेकोले यसपटक आफूलाई राज्ने उनको विश्वास छ। ‘काठमाडौंमा एकदम सचेत मतदाताहरु छन्। हामी प्रचार अभियानामा जाँदा पनि ठूला भनिएका पार्टीहरुबाट वाक्क भइससकेकाले वैकल्पिक शक्तिको खोजीमा छौं भन्नेहरु थुप्रै भेटिनुहुन्छ। म जित्नेमा कुनै शंका छैन’, मिश्रले नागरिकन्युजसँग भने। यी विषयमा आधारित भएर मात्रै मिश्र जितका लागि पुग्ने मत पाउँछन् भन्न सकिने अवस्था छैन। काठमाडौं–१ बाट नेपली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह पनि उम्मेदवार छन्। यो क्षेत्र लामो समयदेखि काँग्रेसको पकड क्षेत्र मानिन्छ। २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमासमेत प्रकाशमान यो क्षेत्रबाट विजयी भएका थिए। कांग्रेसका प्रभावशाली नेता प्रकाशमानको पारिवारिक, राजनीतिक पृष्ठभूमि तथा यसअघि सांसद बन्दा उनले यस क्षेत्रमा गरेका विकासका कामहरु उनको सवल पक्षहरु हुन्। मिश्र पहिलो पटक चुनाबी मैदानमा रहेका कारण अहिलेसम्म त्यहाँ उनको कुनै योगदान छैन। २०६४ सालमा पहिलोपटक च्रुनावमा होमीएको माओवादीले दिएको आश्वासन र पछिल्ला दिनहरुमा उसले गरेको व्यवहारबाट जनता निकै सजग देखिन्छन्।

काँग्रेस उम्मेदवार सिंहका वडा स्तरदेखि नै राजनिितक संगठन छ। जसले प्रचार अभियानदेख स्थानीय चुनाबी परिचालनलाई सहज बनाइरहेका छन्। विवेकशील साझाको कुनै भातृसंगठनहरु छैनन्। उनी सवयंसेवक टोली बनाएर चुनावी अभियानमा निस्किएका छन्। फरक यति हो उनीसँग चुनाब क्याम्पेनर भने छन्। मिश्रको सामाजिक सञ्जालमा व्यापक प्रचार छ। उनको पेज करिब ६ लाख जनाले लाइक गरेका छन्। त्यहाँबाट उनले संगठित चुनाब प्रचार गरिरहेका छन्। फेसबुक पेजमा ‘इङ्गेज’ हुने सबै उनका भोटर हुन् भन्ने पनि होइन। प्रकाशमान सिंहको चुनाबमा खटिरहेका नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम शाह नेपाली काँग्रेसले काठमाडौं–१ मा काँग्रेसले धेरै विकास निर्माण गरेकाले विजय सुनिश्चत रहेको बताउँछन्। ‘जनताले गफभन्दा पनि काम गर्नेलाई रोज्ने हुन्। हामीले यो क्षेत्रमा राम्रो गरेका छौं। वर्षौदेखि हरेक जनतासँग परिचित छौं। उनीहरुको सुखदुखमा साथ दिएका छौं’, उनी भन्छन्। वाम गठबन्धनले पनि काठमाडौं–१ बाट आफ्ना उम्मेदवार चुनाबी मैदानमा उतारेको छ। पूर्व गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्माका भाई अनिल यो क्षेत्रका बाम उम्मेदवार हुन्। अनिल विद्यार्थी नेता हुन्। अखिल क्रान्तिकारीको गत भदौमा भएको महाधिवेशनमा उनी अध्यक्ष पदमा पराजित भएका थिए। माओवादी र एमालेबीचको गठबन्धन नै आफ्नो जितको आधार भएको उनको बुझाइ छ। ‘दुई पार्टीको समर्थन हुनु नै जितका लागि पर्याप्त छ। मतान्तर बढाउन काँग्रेस र विवेकशीलका असन्तुष्ट मत मलाई आउने निश्चित छ। मुलुकलाई स्थिरतातिर लैजान पनि मतदाताले वाम गठबन्धन रोज्नेछन्।’ रवीन्द्र मिश्रको जनलहर, बाम गठबन्धनको राम्रो जनाधार तथा प्रकाशमान सिंहको बलियो पकडबीच काठमाडौं–१ मा त्रिपक्षीय भिडन्त हुने देखिन्छ। स्रोत:नागरिक न्युज
कसले बाजी मार्ला बलिया प्रकाशमान लाई टक्कर दिदै रवीन्द्र र अनिल Reviewed by admin on November 10, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.