रामचन्द्र पौडेल चढेकै गाडीमा बम प्रहार | एक जना घाइते
प्रदेश ४, लमजुङ:
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीमा प्रेसर कुकर बम प्रहार भएको छ । बम प्रहारबाट गाडीमा क्षति पुगेको छ । पौडेल भने सुरक्षित रहेको उनका सहयोगीले बताएका छन् । गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङको बेंसीसहरतर्फ आउँदै गर्दा भानु नगरपालिका १० नेपाल डाँडामा पौडेल सवार बा१३च ३७४६ नम्बरको गाडीमा शनिबार दिउँसो ३ बजेतिर बम प्रहार भएको प्रहरीले जनाएको छ । बम प्रहारबाट गाडीको सिसा फुट्नुका साथै स्कर्टिङ गरिरहेको गाडीमा रहेको एकजना प्रहरी घाइते भएको उनका सहयोगी पत्रकार सूर्यचन्द्र बस्नेतले बताएका छन् । प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यका अनुसार अहिले स्थिति सामान्य भइसकेको छ। विष्फोट लगत्तै प्रहरीले विष्फोटमा संलग्न समूहको खोजी सुरु गरेको छ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमा तनहुँको भानु नगरपालिका–१० नेपालडाँडामा बम प्रहार भएको हो । विस्फोटका कारण गाडीको सिसा फुटेको छ भने एकजना प्रहरी घाइते भएका छन् । नेता पौडेल र उहाँसँग रहेका अरु नेता भने सकुशल रहेको प्रहरीले जनाएको छ । नेता पौडेलसहितको टोली अहिले लमजुङ पुगेको छ । बम विस्फोटको घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । विस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

Reviewed by admin
on
November 18, 2017
Rating:
Reviewed by admin
on
November 18, 2017
Rating:

No comments: