Top Ad unit 728 × 90

Flash News

news;Election;politics

शेरवहादुर देउवा पुर्वी नेपालमा प्रचार प्रसार गर्दै

  पाँचथर – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथरसहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छन्। आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने क्रममा प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ।


 पाथीभरा दर्शनपछि ताप्लेजुङको तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए। सभापति देउवासँगै काँग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ। प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, पाँचथर प्रतिनिधिसभाका उम्मेदवार भीष्मराज आङदेम्बे, प्रदेशसभा उम्मेदवार नरेन्द्रकुमार केरुङ, सुरेन्द्रकुमार दाहाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। स्रोत: नागरिक न्युज
शेरवहादुर देउवा पुर्वी नेपालमा प्रचार प्रसार गर्दै Reviewed by admin on November 17, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.