बाबुरामले मतदान गर्दै भने: मैले जितिसके, मात्र कति मतान्तर आउँछ भनेर मात्र हो
नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो जितमा आफु ढुक्क भएको बताएका छन् । आज मङ्सिर १० गते भइरहेको चुनावामा गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि, खोप्लाङमा रहेको मतदान केन्द्रमा बाबुरामले मतदान गरेकोा हुन् । मतदान गरिसकेपछि उनले सन्चारकर्मी हरुलाई भने, 'मेरोजितमा कुनै शंका छैन । कति मतको मार्जिनमा भन्ने मात्र हो ।'
बाबुराम भट्टराईले आफु विकास र समृद्धिको योजनाकार भएको उल्लेख गर्दै गोरखाली जनताले भारी मत दिनेमा आफु विश्वस्त भएको बताएका छन् । उनको प्रतिष्पर्धीको रुपमा बाम गठबन्धन बाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ प्रकाशले उम्मेदवारी दिएका छन् । उनले थपे 'संविधान निमार्ण भई सकेकाले चुनावपछि देश विकास र समृद्धिमा प्रवेश गर्छ ।' आफुले प्रधानमन्त्री र अर्थमन्त्री हुँदा पूरा गर्न नसकेका काम अब पुरा गर्ने दिन आएको उनले बताए ।
बाबुराम भट्टराईले आफु विकास र समृद्धिको योजनाकार भएको उल्लेख गर्दै गोरखाली जनताले भारी मत दिनेमा आफु विश्वस्त भएको बताएका छन् । उनको प्रतिष्पर्धीको रुपमा बाम गठबन्धन बाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ प्रकाशले उम्मेदवारी दिएका छन् । उनले थपे 'संविधान निमार्ण भई सकेकाले चुनावपछि देश विकास र समृद्धिमा प्रवेश गर्छ ।' आफुले प्रधानमन्त्री र अर्थमन्त्री हुँदा पूरा गर्न नसकेका काम अब पुरा गर्ने दिन आएको उनले बताए ।
बाबुरामले मतदान गर्दै भने: मैले जितिसके, मात्र कति मतान्तर आउँछ भनेर मात्र हो
Reviewed by admin
on
November 25, 2017
Rating:
Reviewed by admin
on
November 25, 2017
Rating:

No comments: