बाम कार्यकर्ता द्वारा काङ्ग्रेस कार्यकर्ता माथि आक्रमण
सोलुखुम्बु— सोलुखुम्बुको सोताङमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष पेमा तामाङसहित ६ जनाभन्दा बढी घाइते भएका छन्। झडपमा काँग्रेसका ४ कार्यकर्ताघाइते भएको सोलु काँग्रेसले जनाएको छ। बाम गठबन्धनका केही कार्यकर्ता पनि घाइते भएका छन्।
ढुंगा प्रहारबाट घाइते तामाङलाई उपचारका लागि काठमाडौं लगिएको तरुण दल जिल्ला अध्यक्ष अशोक झाले जानकारी दिए। झडपमा माओबादी केन्द्रका महाधिबेशन आयोजक समिति सदस्य घनश्याम नेपाली पनि घाइते भएका छन्। टाउकोमा चोट लागेका नेपालीको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ।
काँग्रेसका कार्यकर्ताले पम्पलेट र पोष्टर च्यातेका कारण झडपको अवस्था आएको नेकपा एमालेका प्रदेश सभा उम्मेदवार उत्तमकुमार बस्नेतले बताए। सोताङ बजारमा रातभर तनाव भएको थियो। विहान दुवै पक्षका कार्यकता उग्र भएर झडपमा उत्रिएका थिए। घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरको समेत तयारी गरेको थियो। घटना लगत्तै प्रहरी कार्यालयमा भएको छलफलपछि स्थिति सामान्य बनेको छ। काँग्रेस उम्मेदवार बलबहादुर केसी र प्रकाशसिंह कार्कीको टोली जुबुतर्फ प्रस्थान गरेको छ। बाम गठबन्धन चुनावी सभातिर लागेको छ। काँग्रेस उम्मेदवार केसीले भने आफूलाई प्रशासनले सुरक्षा नदिएको आरोप लगाए। माआवादी उम्मेदवार सुरविर राईले प्रहरी एकपक्षीय भएको जनाए।

Reviewed by admin
on
November 10, 2017
Rating:
No comments: