सर्वोच्च अदालतमा बमकाण्डले मच्चियो भागदौड
नागरिक समाचार:
काठमाडौं- काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागदौड मच्चिएको छ। अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो। सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए। 'मेरो मोबाइलमा पनि तीन ठाउँमा बम राखिएको एसएमएस आयो। एसएमएस पठाइएको नम्बर प्रहरीलाई दिएर ट्र्याक गर्न लगाइएको छ,' पन्थीले नागरिकन्युजसँग भने।
बमको हल्लापछि सबै न्यायाधीश र कर्मचारीहरु इजलाश छाडेर चौरमा बसेका थिए। प्रहरीले अहिले सर्वोच्च अदालतमा माइकिङ गर्दै परिसर खाली गराउन अनुरोध गरेको छ। एसपी भरत कोइरालाका अनुसार भवन खाली गराएर प्रहरीले चेकजाँच गरिरहेको छ। त्यस्तै बमको हल्लासँगै आजको लागि तोकिएका सबै पेशी स्थगित गरिएका छन् भने अदालतले सेवामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
कसले गर्यो फोन?
सर्वोच्च अदालतमा बम राखिएको फोन न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमार्फत आएको जानकारी प्रहरीले गराएको छ । मंगलबार न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमको फोनमार्फत सर्वोच्च अदालतको प्रधान न्यायाधीसको सचिवालय बम राखिएको भन्दै सबैलाई सर्तक हुन भनिएको थियो । नाम नबताउने सर्तमा प्रहरी स्रोतले भन्यो,‘बम राखेको खबर दिने नम्बरको आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं ।
बम राखेको खबर न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरको फोनबाट आएको रहेछ । थप अनुसन्धन सुरु गरेका छौं,’स्रोतले भन्यो । अपरिचित फोनबाट बम राखेको खबर आएपछि मंगलबार सर्वोच्च अदालतको सबै काम स्थगित गरिएको छ । ‘बम राखिएको खबरको कारण सबै काम प्रभावित भएको छ । खबर आएलगत्तै कर्मचारीहरुलाई बाहिर निकालिको थियो,’सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले भने । बम निस्क्रिय टोली केही समयअघि सर्वोच्च अदालतबाट बाहिरिएको छ ।

Reviewed by admin
on
November 21, 2017
Rating:
Reviewed by admin
on
November 21, 2017
Rating:

No comments: