घरेलु हतियार प्रयोग गरी एमाले कार्यकर्ताले काङग्रेस कार्यकर्तामाथि आक्रमण, ६ जना घाइते, ३ वेपत्ता
बाजुरा जिल्ला – बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन्। घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेको बताइएको छ।
सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदिश भट्टले जानकारी दिए। भट्टले दिएको जानकारीअनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर रहेको बताए। आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद रु पाँच हजार ५०० लुटेको बताए। घाइते भएका कृष्ण थापा सोही वडामा रहेको जनप्रभात प्राविका शिक्षक हुन भने ललित थापा स्थानीय तहको निर्वाचित वडा सदस्य रहेका छन् ।
घाइते भएका छ जनाको जिल्ला स्वस्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको प्रहरीले बताएको छ। आक्रमण गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार कविराज पण्डितलाई सोही वडाका वडाध्यक्ष राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन माविको तलतिर एकान्त ठाउँमा पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको घाइते अम्म थापाले बताए।
बाटोमा हिँडिरहेका बेला कुनै कुराकानी नगरी एकाएक एमालेका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको थापाको भनाइ छ। वामगठबन्धनका उम्मेदवार लालबहादुरको निर्देशन र आक्रमणमा संलग्न गणेश थापाको नेतृत्वमा गएको ४० जनाको समूहले खुकुरी, घरेलु हातहतियार र ढुंगा प्रहारबाट काँग्रेसका कार्यकता घाइते भएकोप्रति नेपाली काँग्रेसले घोर आपत्ति जनाएको छ। चुनावी प्रचारमा जनतालाई भेटघाट गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भए पनि राणा शासन चलाउन खोजेकोप्रति काँग्रेसले विरोध गर्छ काँग्रेस सभापति कविराज पण्डितले बताए। -नागरिक समाचारबाट

Reviewed by admin
on
November 24, 2017
Rating:
Reviewed by admin
on
November 24, 2017
Rating:

No comments: